PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सिरी ए : युभेन्ट्सको शतप्रतिशत जित, रोनाल्डोले गरे गोल



पहिलोपोस्ट

सिरी ए : युभेन्ट्सको शतप्रतिशत जित, रोनाल्डोले गरे गोल

साविक विजेता युभेन्ट्सले इटालियन सिरी ए २०१८-१९ मा लगातार पाँचौ जित हात पारेको छ। गएराती भएको खेलमा युभेन्ट्सले फ्रोसिनोनलाई उसैको मैदानमा २-० ले हरायो।

युभेन्सले अन्तिम १० मिनेटमा दुई गोल गरेको हो। यसै सिजन रियल मड्रिडबाट युभेन्ट्स पुगेको क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो खेलमा गोल गरे। यस्तै अर्को गोल फ्रेडरिको बर्माडेसीले गरे।

लगातार पाँच खेल जितेको युभेन्ट्स ५ खेलबाट १५ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ।

सिरी ए कै अन्य खेलमा नेपोलीले टोरिनोलाई ३-१ ले पराजित गर्दा लाजियोले जेनओमाथि ४-१ को जित हात पारेको छ। रोमा भने बोलोग्नासँग २-० ले पराजित भयो। यस्तै इन्टरले साम्पडोरियालाई १-० तथा उडिनेजीले चिएभोलाई २-० ले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell