PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ला लिगा : बार्सिलोनाको पहिलो बराबरी



पहिलोपोस्ट

ला लिगा : बार्सिलोनाको पहिलो बराबरी

१० खेलाडीमा झरेको बार्सिलोनाले स्पानिस ला लिगामा जिरोनासँग बाबरी खेल्दै अंक बाँडेको छ। झण्डै एक घण्टा एक खेलाडी कम रहेको बार्सिलोनाले जिरोनासँग २-२ को बराबरी खेलेको हो।

बार्सिलोनाका लागि कप्तान लियोनल मेसी र जेरार्ड पिकेले एक-एक गोल गरे। जिरोनाका लागि दुवै गोल क्रिस्टियन स्तुअनद्यीले गरे।

लियोनल मेसीले १९औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई पहिले अग्रता दिलाएका थिए। ३५औँ मिनेटमा डिफेण्डर क्लेमेन्ट लेङलेटले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा झरेको थियो। त्यसको फाइदा उठाउँदै जिरोनाले लगातार दुई गोल गर्‍यो।

पहिलो हाफमा अन्त्यतमा बराबरी गोल गरेका स्तुअनली ५१औँ मिनेटमा गोल गर्दै जिरोनालाई २-१ को अग्रता दिलाएका थिए। तर ६३औँ मिनेटमा जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोनाले हार टारेको हो।

बराबरीपछि ला लिगामा बार्सिलोनाको शतप्रतिशत जितयात्रा रोकिएको छ। ५ खेलबाट रियल समान १३ अंक जोडेको बार्सिलोना गोलअन्तरमा अगाडी रहँदै शीर्ष स्थानमा उक्लेको छ।

ला लिगाकै अन्य खेला सेभियाले लेभान्टेलाई ६-२ ले पराजित गरेको छ। रियल बेटिस र एथ्लेटिको विल्वाओले २-२ गोलको बराबरी खेलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell