PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सार्वजनिक सवारी साधनको भाडा बढेपछि कुन रुटको भाउ कति पर्‍यो? हेर्नुस् सूची



पहिलोपोस्ट

सार्वजनिक सवारी साधनको भाडा बढेपछि कुन रुटको भाउ कति पर्‍यो? हेर्नुस् सूची

काठमाडौं : यातायात व्यवसायीहरुको दबाबका कारण सवारी साधनको भाडा १० प्रतिशत बढाउन बाध्य भएको सरकारले आइतबार देशभरका रुटको भाडादर तय गरेको छ। यातायात व्यवस्था विभागले देशभर चल्ने यात्रुबाहक र मालबाहक सवारी साधनको भाडादर निर्धारण गरेको हो।

विभागले काठमाडौं उपत्यका भित्र तथा बाहिर सबै रुटमा चल्ने सवारी साधनको भाडादर तय गरेको जनाएको छ। 

विभागले पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँलाई आधार मानी भाडा दर तय गरेको उल्लेख गरेको छ। अब प्रति लिटर पाँच रुपैयाँ माथि वा तल भएमा मूल्य समायोजन हुने पनि विभागले बताएको छ। 

कुन रुटमा कति भाडा?

 

छोटो रुटमा भाउ बढ्दैन

सरकार र यातायात व्यवसायीबीच आइतबारदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा १० प्रतिशत भाडा बढाउने सहमति भएको छ। तर यसले राजधानी र स्थानीय छोटा रुटमा हाल लिइँदै आएको न्यूनतम भाडा १५ रुपैयाँ नबढ्ने भएको छ। 

दशैँमा राजधानीबाट घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्न नमानेपछि सरकार बाध्य भएर १० प्रतिशत भाडा बढाउन सहमत भएको हो।

अहिले काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न स्थानीय छोटा रुटहरुमा सवारी साधनमा चढ्ने बित्तिकै यात्रुहरुसँग १५ रुपैयाँ लिने गरिन्छ। सरकारले २०७२ सालमा भाडादरको वैज्ञानिक समायोजन गरेर तोकेको भाडादर भने १३ रुपैयाँ मात्रै हो। अर्थात् ४ किलोमिटरसम्मको भाडा १३ रुपैयाँ तोकिएको छ। तर व्यवसायीले चढ्ने बित्तिकै १५ रुपैयाँ लिने गरेका थिए।

यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायका अनुसार २०७२ सालमा तोकिएको भाडादरमा १० प्रतिशत वृद्धि भएको हो। उनका अनुसार अहिले व्यवासायीले लिएको भाडामा नभई सरकारले तोकेको भाडामा १० प्रतिशत वृद्धि हो। बढेको भाउ अनुसार पनि छोटो रुटको न्यूनतम भाडा १४ रुपैयाँ मात्रै हुन आउँछ।
१३ रुपैयाँमा १० प्रतिशत वृद्धि हुँदा १४.३ रुपैया मात्रै हुन्छ। अर्थात् अब नयाँ भाडादर अनुसार ४ किमीसम्मको भाडा १५ रुपैयाँमात्रै तिरे पुग्छ। 

यसअघि यात्रुहरु भाडामा ठगिँदै आएका थिए। सवारीसाधनहरुले आफुखुसी लिइरहेको भाडादरमा १० प्रतिशत वृद्धि गरेको पाइए कारबाही हुने विभागले चेतावनी समेत दिएको छ।

नयाँ भाडादर कायम भएसँगै अनुगमन गर्ने समेत विभागले जनाएको छ।
 

ट्याक्सीको भाडामा कति वृद्धि? 

मिटर जडित सार्वजनिक भाडाका ट्याक्सीको साविकको भाडादर प्रति कि.मी. रु. ३५ कायम रहेकोमा हाल समायोजन गर्दा प्रति कि.मी. रु. ३९ कायम गरिएको छ। 

चढ्ने बित्तिकै अर्थात् फ्ल्याग डाउनमा साबिकको १४ रुपैयाँलाई यथावत राखिएको छ। प्रति २०० मिटरमा साबिकको रु. ७ लाई हाल रु. ७.८० कायम गरिएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट संचालन हुने पर्यटक ट्याक्सीमा न्यूनतम अर्थात् ५ कि.मी. सम्म साविकको रु. ४८१ रुपैयाँलाई समायोजन गर्दा रु. ५२९.१० कायम भएको छ। ५ कि.मी. पछि प्रति कि.मी. माथिका रुटहरुमा रु. ६८ का दरले लिन पाउनेमा १० ले बढाई समायोजन गर्दा रु ७४.८० लिन पाउने र अधिकतम साविकको रु १०५२ मा १०% बढाई रु. ११५५.२० कायम गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell