PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दुई पटकको विजेता रत्नजितलाई हराउँदै दिपेश च्याम्पियन



पहिलोपोस्ट

दुई पटकको विजेता रत्नजितलाई हराउँदै दिपेश च्याम्पियन

काठमाडौं : विभागीय नेपाल एपीएफ क्लबका दिपेश धामी र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्। धामी पूरुष एकलतर्फ र महर्जन महिला एकलतर्फ च्याम्पियन बनेकी हुन्।

बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा आइतबार भएको पुरुष एकलतर्फको फाइनलमा दोस्रो वरीयताका एपीएफका दिपेशले शीर्ष वरीयताका रत्नजित तामाङलाई २-१ को सेटमा पराजित गर्दै च्याम्पियन बने। दिपेशले पहिलो सेटमा २१–१३ ले जितेका थिए। दुई पटकको च्याम्पियन रत्नजितले दोस्रो सेटमा पुनरागमन गर्दै २१–१८ ले खेल आफ्नो पक्षमा पारे। तर  निर्णायक सेटमा अग्रता लिएर पनि रत्नले खेल १८–२१ ले गुमाउन पुग्यो। निर्णायक सेटमा पछि परेको अवस्थामा पनि रत्नले बारम्बार गल्ती गर्दा दिपेशले भने उच्च प्रदर्शन गर्दै पहिलो पटक उपाधि जिते।

दिपेशसँग पराजित भएसँगै रत्न उपाधिमा ह्याट्रिक गर्नबाट चुके। उपाधिसँगै दिपेशले ३० नगद प्राप्त गरे। दोस्रो स्थानमा चित्त बुझाएको रन्तले १५ हजार प्राप्त गरे। सेमिफाइनलमा पराजित भएको सिल्क ट्रेडका प्रिन्स दाहाल र आर्मीका नवीन श्रेष्ठले समान ५ हजार रुपैया पाए।

महिला एकलतर्फ आर्मीकी रसिला महर्जनले एपएफकी जेसिका गुरुङलाई २-० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनिन्। महिला एकलमा यसअघिको दुईपटकको च्याम्पियन नङ्सलदेवी तामाङले प्रतियोगितामा सहभागिता जनाइनन्। रसिलाले जेसिकामाथि २१–१९, २१–१७ को सहज जित हात पारिन्। आइतबारै रसिला यु–१५ गल्र्समा पनि च्याम्पियन बनेकी थिइन्। यु–१५ गल्र्सको फाइनलमा रसिलाले कञ्चनपुरकी विष्णा विष्टमाथि २१–६ र २१–१० को सहज जित निकालेकी थिइन्। महिला एकलतर्फ च्यामिपयन बनेको रसिलाले २५ हजार रुपैया प्राप्त गरे। दोस्रो भएको जेसिकाले १२ हजार तथा सेमिफाइनलमा पराजित हुनेले ४–४ हजार प्राप्त गरे।

यु–१५ ब्वाइजमा सिल्क ट्रेडका प्रिन्स दाहाल च्याम्पियन बने। दाहालले कैलालीका रोशन साउदमाथि २१–१४ र २१–१४ को सहज जित निकाले। यु–१५ ब्वाइज र महिलाको विजेताले समान १६ हजार पाए। दोस्रो भएकाले ६ हजार तथा महिलाले ८ हजार पाए। तेस्रो भएकाले समान ६ हजार पाए।

पुरुष डबल्र्समा एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीले आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जिते। विजेता बनेको दिपेश र विजितको जोडीले २५ हजार पाए। दोस्रो भएको रत्नजित र नवीनको जोडीले १२ हजार प्राप्त गर्दा सेमिफाइनलमा पराजित जोडीले ८ हजार पाए।

मिक्स डबल्स्मा एपीएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडी र आफ्नै क्लबकी विजित थापामगर र शोभा गौचनको जोडीलाई पराजत गर्दै च्याम्पियन बने। मिक्स डबल्र्सका विजेताले २० हजार पाए। उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ६ हजार प्राप्त गरे ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell