PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बोराभित्र अालुसहित ७१ लाख भारु, भारतबाट लुटेर ल्याएको हुनसक्ने प्रहरीको अनुमान



एम बम

बोराभित्र अालुसहित ७१ लाख भारु, भारतबाट लुटेर ल्याएको हुनसक्ने प्रहरीको अनुमान

कैलाली: सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणले कैलालीको भजनी नगरपालिका ३ कुसुम घाटबाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैँयासहित एक जना नेपालीलाई पक्राउ गरेको छ। 

नेपाल–भारत सीमा नजिकै रहेको कुसुम घाटबाट आलुको बोरामा ल्याउँदै गरेको भारतीय रुपैयाँसहित लम्की चुहा नगरपालिका – १ का ३१ वर्षीय कृष्णराज जोशीलाई नियन्त्रणमा लिएको हो। आलुको बोरा लिएर आउँदै गरेको से ४ प ६७६० नम्बरको मोटरसाईकल मा भारतीय रकम बरामद गरेको सशस्त्र प्रहरी वल कैलाली ३४ नम्बर गणका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) विष्णुप्रसाद भट्टले बताए।

‘बिशेष सुराकीका आधारमा हिजो साँझ देखिनै १४ जनाको टोली खटाएका थियौँ। आज बिहान पक्राउ गरेका हौं,’ भट्टले भने। भारतमा ठूलो रकम लुटेर ल्याइएको हुन सक्ने सशस्त्र प्रहरीले अनुमान लगाएको छ। ‘पक्राउ परेको व्यक्तिले म मात्रै संलग्न छैन भनेका छ। अन्य ब्यक्तिहरुका बिषयमा पनि अनुसन्धान गर्नेछौं,’ भट्टले भने।

प्रारम्भिक सोधपुछबाट जोशी भारतामा काम गर्न गाएको खुलेको प्रहरीले जनाएको छ। उक्त रकम गुजरातबाट पाँच जनाले चोरर ल्याएको डिएसपी भट्टले बताए। 

जोशीबाट बरामद गरेको भारतीय रुपैयाँको नेपाली १ करोड १४ लाख ८ सय ८० रुपैयाँ हुन्छ। बरामद रकम, मोटरसाइकल र ब्यक्ति सबै राजश्व अनुसन्धान बिभागमा बुझाइने (डिएसपी) भट्टले बताए। राजश्व अनुसन्ध बिभागले थप अनुसन्धान गर्ने उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell