PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सैन्य परेडमा आक्रमणका कारण रुहानी अमेरिकासँग रुष्ट



सैन्य परेडमा आक्रमणका कारण रुहानी अमेरिकासँग रुष्ट

तेहरान: इरानका राष्ट्रपति हस्सन रुहानीले सैन्य परेडमा भएको आतंककारी आक्रमण भएको विषयलार्इ लिएर अमेरिकाको आलोचना गरेका छन्।

हिजो दक्षिणपश्चिमी क्षेत्रमा रहेको अहभाज शहरमा आयोजित सैन्य परेडमा बन्दुकधारीहरुले गोली चलाउँदा २५ जनाको मृत्यु भएको थियो। उक्त आक्रमणको जिम्मेवारी सरकार विरोधी अरब समूह र इस्लामिक स्टेट विद्रोहीहरुले लिएका छन्।

यता, रुहानीले भने अमेरिका र केही अरब राष्ट्रहरुका कारण उक्त घटना भएको बताएका छन्। संयुक्त राष्ट्र संघको साधरण सभामा भाग लिनका लागि न्यूयोर्क जानु अघि पत्रकारहरुसँग बोल्दै रुहानीले यस प्रकारका अपराधलार्इ कुनै हालतमा सहन नसकिने बताएका छन्।

उनले भने 'आक्रमण कसले र किन गरायो भन्ने हामीलार्इ स्पष्ट जानकारी छैन। यस क्षेत्रमा अमेरिकी सहयोगबाट संचालित साना कठपुतली देशहरु छन्। अमेरिकाले ती देशहरुलार्इ भड्काउनुका साथै आवश्यक क्षमता बृद्धि गर्न सहयोग गरिरहेको छ।'

संयुक्त राष्ट्रसंघमा अमेरिकाको यस्ता कदमहरुका कारण विश्वमा देखिएका समस्याहरुका बारेमा इरानले आफ्नो प्रस्त धारणा राख्ने उनले बताए।

अमेरिकाले इरानले आणविक हतियार संचालन गरिरहेको आरोप लगाउँदै आएको छ। तर इरानले भने उक्त आरोपको खण्डन गर्दै आएको छ। २०१५ मा बाराक ओबामा अमेरिकी राष्ट्रपति हुँदा दुर्इ राष्ट्रबीच आणविक सम्झौता भएको थियो। तर डोनाल्ड ट्रम्पले उक्त सम्झौता रद्द गर्दै इरामामथि थप प्रतिबन्ध लगाएका थिए।

इरानका सर्वोच्च नेता अयाटोल्लाह खामेनिइले 'अमेरिकी कठपुतली रहेका क्षेत्रिय देशहरु आक्रमणका पछि रहेको' बताइएको छन्। उनले अमेरिका र इजरायलसँग सम्बन्धमा रहेका दुर्इ अरब राष्ट्रहरुमा बन्दुकधारीहरुले प्रशिक्षण लिएको बताएका छन्।

तर राष्ट्रपति हस्सन र नेता खामेनिइले ती क्षेत्रिया राष्ट्रहरुको नाम भने सार्वजनिक गरेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell