PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तेस्रो ताम्रकार फुटसल उपाधि करुणामय मेटललाई



तेस्रो ताम्रकार फुटसल उपाधि करुणामय मेटललाई

ललितपुर: करुणामय मेटल क्राफ्टले तेस्रो ताम्रकार फुटसल प्रतियोगिता २०७५ को उपाधी हात पारेका छन्। ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको उक्त प्रतियोगिताको शनिवार भएको फाइनलमा करुणामयले फोरेगो ट्रेडिङलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गरेको हो। निर्धारित समयसम्म दुबै टिमले गोल गर्न सकेन। 

विजेता तथा उपविजेता टिमलाई नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक ठूले राई, समाजका अध्यक्ष रविन्द्रराज ताम्रकार, उपसमितिका संयोजक सजेश ताम्रकार, प्रतियोगिताका संयोजक अभिन ताम्रकार लगायतले ट्रफी, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरे। विजेताले १० हजार नगद पाउँदा उपविजेताले पाँचहजार प्राप्त गरे। भदौ २३ र ३० तथा असोज ६ गतेसम्म सानेपास्थित फिल्ड फुटसल ग्राउण्डमा भएको प्रतियोगितालाई दशवटा उद्योग कम्पनीहरुले टिम प्रायोजन गरेका थिए।

प्रतियोगितामा साहिल मेटलका लिउसन राजकर्णिकार उच्च गोलकर्ता, फोरेगोका सानिध्य चित्रकार उत्कृष्ट गोलकिपर, फोरेगोकै सुभाषिश ताम्रकार प्रेसिडेन्सियल च्वाइस तथा करुणामयका दिनेश ताम्रकार उत्कृष्ट खेलाडी घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell