PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'स्वाग से करेंगे सबका स्वागत'लाई रेकर्ड ब्रेक भ्यूज



पहिलोपोस्ट

 'स्वाग से करेंगे सबका स्वागत'लाई रेकर्ड ब्रेक भ्यूज

अभिनेता सलमान खान र कट्रिना कैफ अभिनित 'स्वाग से करेंगे सबका स्वागत'बोलको गीतलाई अत्याधिक दर्शकले रुचाएका छन्।

फिल्म 'टाइगर जिन्दा है'को यस गीतले बलिउडमा रेकर्ड ब्रेक गरेको छ। भारतीय मिडियाका अनुसार फिल्मको यस गीतले सर्वाधिक भ्यूज प्राप्त गरेको छ। गीतको भिडियोलाई यूट्युबमा ६० करोडले हेरेका छन्।

फिल्म निर्माण टिम गीतको सफल्तामा निकै उत्साहित छन्। गीतलाई युट्युबमा हेर्नेको संख्या बढ्दो छ। गीतमा इश्रद कमिलको शब्द रहेको छ।

यसअघि स्पेनी भाषाको 'डेस्पासितो' बोलको गीतलाई यूट्युब इतिहासमै सबैभन्दा छिटो हेरिएको थियो। गीतलाई ३ अर्बभन्दा बढीले हेरेपछि गीतको विश्वमा चर्चा भएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell