PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एएफसी यू-१६ वुमन्स फुटबल : म्यानमार समूह विजेता



पहिलोपोस्ट

एएफसी यू-१६ वुमन्स फुटबल : म्यानमार समूह विजेता
फोटो : ANFA

काठमाडौँ : काठमाडौँमा भइरहेको एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायर अन्तर्गत भएको समूह इ को विजेता म्यानमार बनेको छ।

आइतवार हलचोकमा भएको अन्तिम खेलमा फिलिपिन्सलाई ५-१ ले हराउँदै म्यानमारले ९ अंक जोडेको हो। म्यानमारले पहिलो खेलमा मलेसियालाई ३-० र दोस्रो खेलमा नेपाललाई ११-१ ले पराजित गरेको थियो।

सुरुवाती दुई खेल जितेको फिलिपिन्स भने पहिलो हारपछि ६ अंकका साथ समूह उपविजेता बनेको छ। यसअघिका दुवै खेलमा हार बेहोरेका घरेलु टोली नेपाल र मलेसिया आइतवारै प्रतिष्ठाका लागि खेल्दैछ।

समूह इ को विजेता बनेको म्यानमार क्वालिफायरको दोस्रो चरणमा प्रवेश गरेको छ। फिलिपिन्सले भने दोस्रो चरण पुग्न अन्य समूहको नतिजा कुर्नुपर्नेछ।

दोस्रो चरणमा पहिलो चरणमा खेल्ने ६ समूहका ६ विजेता र ६ समूहका उत्कृष्ट २ उपविजेताले खेल्नेछन्। कूल ८ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ र दुवै समूहमा उत्कृष्ट दुई टोली फाइनल राउण्डका लागि छनोट हुनेछन्।

दोस्रो चरणबाट छनोट भएका ४ टोलीसहित आयोजक थाइल्याण्ड, जापान, उत्तर कोरिया र दक्षिण कोरिया २०१९ सेप्टेम्वरमा फाइनल राउण्ड खेल्नेछ। र उत्कृष्ट तीन स्थानमा रहने तीन टोली २०२० को 'फिफा यू-१७ वर्ल्डकप'को लागि छनोट हुनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell