PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दीपकराज जोशीको पक्षमा काँग्रेस र राजपाः महाअभियोग स्वीकार्य हुँदैन



पहिलोपोस्ट

दीपकराज जोशीको पक्षमा काँग्रेस र राजपाः महाअभियोग स्वीकार्य हुँदैन

काठमाडौं: सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने कुरा आफूहरूलाई स्वीकार्य नहुने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जनाएको छ।

आजको राष्ट्रिय सभा बैठकमा काँग्रेसका सांसद राधेश्याम अधिकारी र राजपाका सांसद बृषेश चन्द्र लालले वरिष्ठ न्यायाधीश जोशीको बचाउ गरेका हुन्।

जोशी विरुद्ध महाअभियोग लगाउन सांसदहरूको हस्ताक्षर संकलन गरिएको बारे समाचार आएको भन्दै त्यसबारे सत्तारुढ दलसँग अधिकारीले जवाफ मागेका छन्।

‘जोशीविरुद्ध महाअभियोगको तयारीको समाचार आएको छ। हस्ताक्षर संकलन गरिदैछ। सादा कागजमा हस्ताक्षर गरिएको छ। वास्तविकता के हो? यसबारेको जानकारी संसदमा दिनु पर्छ। म सरकारसँग माग गर्दछु।’ अधिकारीले भने।

न्यायालयलाई दबाब दिन यस्तो गरिएको भन्दै अधिकारीले आफूहरूबाट पाठ सिक्न आग्रह गरे। 

‘पछिल्लो समय काँग्रेसले महाअभियोग ल्याएको थियो तर चुनावमा नराम्ररी पराजित भयो। सत्ता पक्षले हामीले गरेको गल्ती नदोहोर्‍याओस।’ अधिकारीले भने। 

‘न्यायपालिकालाई विश्वसनीय बनाएन भने संघीयता चल्दैन। न्यायपालिकालाई कमजोर बनाउने प्रयास भयो भने त्यसको परिणाम समग्र राज्यले व्यहोर्नु पर्छ,’ अधिकारीले भने, ‘दीपकराज जोशीको व्यक्तिगत कुरा गरेका छैनौँ। उहाँले राजीनामा दिए दिनुस्, होइन भने महाअभियोग भन्ने कुरा छ। महाअभियोगको बस्तुगत आधार आउनुपर्‍यो। संसदीय समितिको निर्णय नै विवादमा छ। महाअभियोग लगाउने सत्ता पक्षको कुरा स्वीकार्य छैन।’

आजकै बैठकमा राजपाले पनि जोशीको बचाउ गरेको छ। ‘दीपकराज जोशीले सबै प्रक्रिया पुरा गरेर न्यायाधीश भएको हो। संसदको सर्वोच्चतालाई जोशीले स्वीकार गरेका छन्। संसदले स्वीकार गरेको प्रधान न्यायाधीशसँग बसेर काम गर्नु त्यो ठुलो कुरा हो।’ राजपाका सांसद बृषेशचन्द्र लालले भने,‘यो न्यायापालिकामाथि दबाब दिने काम हुँदैछ। राजपाले महाअभियोग स्वीकार गर्दैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell