PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘कालो दिवस’को समाचार सेयर गरेको भन्दै अदालतका कर्मचारी निकालिए



पहिलोपोस्ट

‘कालो दिवस’को समाचार सेयर गरेको भन्दै अदालतका कर्मचारी निकालिए

काठमाडौँ : संविधान दिवसको विरुद्ध ‘कालो दिवस’ मनाएको समाचार सामाजिक सञ्जालमा सेयर गरेको भन्दै धनुषा जिल्ला अदालतका एक कर्मचारी जागिरबाट निकालिएकी छन्।

जिल्ला अदालतको करारमा डिट्ठा पदमा कार्यरत गुन्जन रायलाई असोज ३ गते कालो दिवसको समाचार फेसबुकमा सेयर गरेको भन्दै कामबाट निकालिएको हो।

‘असोज ४ गते कार्यालय जाँदा श्रेस्तेदार राधाकान्त झाले बोलाएर सोध्नु भयो। तपाईँले संविधान दिवसको विरोधमा लेख्नु भएको हो?’, रायले पहिलोपोस्टसँग भनिन्,‘मलै आफ्नो विचार नराखेको र समाचार मात्र सेयर गरेको बताएकी थिएँ। उहाँले संविधानको विरोध गरेको भन्दै जिकिर गरिराख्नु भयो। त्यो दिन मैले काम गरेँ।’

असोज ५ गते आफूलाई कामबाट निकालिएको रायले बताइन्। आफूलाई कुनै स्पष्टीकरण पनि नसोधेको र आफूलाई जवाफ दिने अवसर पनि नदिएर कामबाट निकालिएको उनले बताइन्।

अदालतले करारको म्याद थप नगरी उनलाई हटाएको जनाएको छ। तर रायले आफूलाई संविधान दिवसकै विरोधमा समाचार फेसबुकमा शेयर गरेकोले निकाले बताउँदै भनिन्,‘मसँगैका सबैको म्याद थप गरिएको तर संविधान दिवसको विरोध गरेको भन्दै मलाई निकालिएको छ। आफूलाई त्यस विषयमा स्पष्टीकरण दिने मौकासमेत दिइएन।’

२०७३ पुस १७ गतेदेखि राय धनुषा जिल्ला अदालतमा कार्यरत थिइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell