PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ला लिगा : रियल र एट्लेटिको मड्रिड विजयी



पहिलोपोस्ट

ला लिगा : रियल र एट्लेटिको मड्रिड विजयी
Photo: AFP

स्पानिस ला लिग अन्तर्गत गएराती भएको खेलमा मड्रिडका दुवै क्लब विजयी भएका छन्। 

रियल मड्रिडले घरेलु मैदानमा स्पानयोललाई १-० ले हरायो। रियलको जितमा पहिलो हाफमा मार्को असेन्सिओले गरेको गोल नै निर्णायक बनेको थियो।

जितपछि ५ खेलबाट १३ अंक जोडेको रियल अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ। एक खेल कम खेलेको बार्सिलोना १२ अंकसहित दोस्रो स्थानमा छ। यस सिजन ला लिगामा शतप्रतिशत जित निकाल्ने एक मात्र टोली बार्सिलोनाले आज राती घरेलु मैदानमा जिरोनासँग खेल्दैछ।

यस्तै एट्लेटिको मड्रिडले गेटाफेलाई उसैको मैदानमा २-० ले पराजित गरेको छ। एट्लेटिकोका लागि थोमस लेमारले एक गोल गरे भने अर्को गोल गेटाफेका खेलाडीबाट आत्मघाती भएको थियो। गेटाफेका डेविभ सोरिजाले आत्मघाती गोल गरेका थिए। ६७औँ मिनेटमा इभान अलेजोले रातो कार्ड पाएपछि गेटाफे दश खेलाडीमा झरेको थियो।

सिजनको दोस्रो जितपछि ५ खेलबाट ८ अंक जोडेको एट्लेटिको पाँचौ स्थानमा उक्लेको छ। 

यसैगरी १० खेलाडीमा झरेको रायो भालेकानोलाई ५-१ ले पराजित गर्दै अलाभेज तेस्रो स्थानमा उक्लेको छ। सिजनको तेस्रो जितपछि अलाभेजले ५ खेलबाट १० अंक जोडेको छ। अभालेजका लागि अवे मैदानमा इबाई गोमेजले दुई तथा जिमो नाभारो, जोनाथान कलेरी र बुर्गुइ एक-एक गोल गरे। भालेकानोका लागि राउल टेमासले एक गोल फर्काए।

३५औँ मिनेटमा अब्दुलाए बा ले रातो कार्ड पाएपछि अलाभेज १० खेलाडीमा झरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell