PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तान्जिनिया डुंगा दुर्घटना: मृतकको संख्या २०९ पुग्यो



तान्जिनिया डुंगा दुर्घटना: मृतकको संख्या २०९  पुग्यो
फोटो:MIRROR

नैरोबी: तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या २०९ पुगेको छ । 

१०० जना यात्रु बोक्ने क्षमता रहेको उक्त डुंगामा चार सय जना भन्दा बढी यात्रु रहेको बताइएको छ। हालसम्म करिब ५० जनालार्इ जीवितै उद्दार गरिएको छ। उद्दारकर्ताहरुले खोजी कार्य जारी राखेकाले मृतकको संख्या बृद्धि हुनुसक्ने जनाइएको छ।

बुगोरोराबाट युकेरेवे टापुको किनारमा आउँदै गर्दा एमभी न्यरी' नाम दिइएको उक्त डुंगामा क्षमताभन्दा बढी यात्रु रहेकाले तिनीहरु एकै दिशामा ढल्किँदा दुर्घटना भएको जनाइएको छ।
 
उक्त डुंगाका चालकलार्इ पक्राउ गरी प्रहरीले घटना बारे विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ। तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले घटनामा दोषी रहेका सबैलार्इ पक्राउ गर्ने निर्देशन दिएका छन्।

घटना लगत्तै मागुफुलीले सबैलार्इ संयमित रहन आग्रह गरेका थिए। यता, विपक्षी दलका नेता जोन निइकाले भने तान्जानियमा धेरै यात्रु राखेर यात्रा गर्दा धेरै पटक डुंगा दुर्घटना भएता पनि सरकारले त्यसप्रति ध्यान नदिएको भन्दै सरकारको चरम लापरवाहीले दुर्घटना भएको आरोप लगाएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell