PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एपीएफ क्लब र अग्नि इन्कर्पोरेटेडबीच सम्झौता नवीकरण, पाँच वर्षका लागि दुई करोडको सम्झौता



पहिलोपोस्ट

एपीएफ क्लब र अग्नि इन्कर्पोरेटेडबीच सम्झौता नवीकरण, पाँच वर्षका लागि दुई करोडको सम्झौता

काठमाडौँ : सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र अग्नि इन्कर्पोरेटेड प्रालि (महिन्द्रा) बीच पाँच वर्षको लागि प्रायोजन सम्झौता नवीकरण भएको छ।

आइतबार हलचोकमा भएको कार्यक्रममा नेपाल एपीएफ क्लब र महिन्द्राबीच आगामी पाँच वर्षको लागि सम्झौता नवीकरण भएको हो।

एपीएफ क्लबका अध्यक्ष रामशरण पौडेल र महिन्द्राको प्रतिनिधि अर्जुनप्रसाद शर्माले सम्झौतापत्र आदान-प्रदान गरे।

पौडेलका अनुसार एपीएफ क्लब र महिन्द्राबीच आगामी पाँच वर्षको लागि २ करोड बराबरको सम्झौता भएको हो। जसअनुसार महिन्द्राले एपीएफलाई वार्षिक ४० लाख उपलब्ध गराउनेछ। अब एपीएफको फुटबल र क्रिकेटको महिला पुरुष दुबै टोलीले महिन्द्रको लोगो अंकित जर्सी लगाएर खेल्नेछन् भने क्लबको नाम एपीएफ महिन्द्रा फुटबल टिम, एपीएफ महिन्द्रा क्रिकेट टिम  हुनेछ।

यसअघि विस २०७१ सालमा एपीएफ र महिन्द्राबीच वार्षिक २२ लाख १० हजारका दरले पाँच वर्षको लागि १ करोड ११ लाखको सम्झौता भएको थियो। यस पटक झण्डै दोब्बर बढी रकममा सम्झौता नवीकरण भएको हो।

कार्यक्रममा अग्निका प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठले एपीएफका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई २ करोडको डमी चेक हस्तानतरण गरे।

महानिरीक्षक खनालले यस सम्झौताले खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अझै राम्रो खेल्न उत्प्रेरणा मिल्ने बताए। साथै खेलाडीमाथि जिम्मेवारी समेत थपिएको उनको भनाई छ। खनालले नेपाली खेलकुदको विकासमा विभागीय टोलीहरुको योगदान उच्च रहेको र विभिन्न प्रतियोगिताहरुमा पदक जित्दै संगठनको मात्र नभई राष्ट्रकै नाम उच्च बनाएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell