PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चार महिनामै १४ जनाविरुद्ध रेडकर्नर नोटिस, को-को छन् खोजीको सूचीमा?



पहिलोपोस्ट

चार महिनामै १४ जनाविरुद्ध रेडकर्नर नोटिस, को-को छन् खोजीको सूचीमा?

काठमाडौँ: अपराधको सङख्या बढेसँगै नेपाल प्रहरीले जारी गर्ने रेड कर्नर नोटिसको सङख्या पनि बढ्दै गएको छ। गएको चार महिनामा मात्र नेपाल प्रहरीले १४ जनाविरुद्ध रेडकर्नर जारी गरेको छ।

यस अवधिमा तीन जनाविरुद्ध डिफ्युजन नोटिस जारी भएको नेपाल प्रहरीले जनाएको छ। गत वर्षको यही चार महिनामा भने मात्र दुई जनाविरुद्ध डिफ्युजन जारी गरेको हो।

गत भदौमा मात्र प्रहरीले सुन प्रकरणमा अदालतमा अभियोगपत्र दायर भएका ८ जनाविरुद्ध नोटिस जारी गरेको हो। सुन तस्करीको अभियोगमा भोजराज भण्डारी, रोहित आचार्य, टुकबहादुर मगर, कृष्ण बस्नेत, कृष्णगोपाल अग्रवाल, हरिशरण खड्का र मोहम्मद उस्ताम मियाँविरुद्ध नोटिस जारी गरिएको हो। त्यस्तै सुन प्रकरणमा रमेश उप्रेती, एसएसपी श्याम खत्री, व्यवसायी मोहनकुमार अग्रवालविरुद्ध नोटिस जारी गरेको थियो।

दुई वर्षको अवधिमा रेडकर्नर नोटिस ७ गुणाले बढेको छ। गम्भीर प्रकृतिका घटना बढेसँगै अपराधी फरार हुने क्रम पनि बढ्दा इन्टरपोलको रेड कर्नरनोटिसमा नेपाली अपराधीको सङ्ख्या पनि बढ्दै गएको हो।

रेडकर्नर नोटिस जारी भएका व्यक्तिलाई १ सय ९२ देशका प्रहरीले खोजी गरी सम्बन्धित देशमा बुझाउने गर्छन्। नोटिस जारी भएका व्यक्तिको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए।

अहिलेसम्म नेपाल प्रहरीले विभिन्न देशबाट नोटिस जारी भएका ६ जना नागरिकलाई पक्राउ गरी बुझाएको छ। १ भारतीय, १ अमेरिकी, १ कोरियन र ३ चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी सम्बन्धित देश पठाएको हो। त्यस्तै नेपालबाट नोटिस जारी भएकामध्ये २२ जना पक्राउ परिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell