PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नायिका र गायिकाले गरे सुविन भट्टराईको ‘प्रिय सुफी’ विमोचन



नायिका र गायिकाले गरे सुविन भट्टराईको ‘प्रिय सुफी’ विमोचन

लेखक सुविन भट्टराईको पाँचौं कृति ‘प्रिय सुफी’ सार्वजनिक भएको छ। शनिबार काठमाडौं प्रज्ञा प्रतिष्ठानको डबलीमा कार्यक्रम आयोजना गरी पुस्तक विमोचन गरिएको हो। अभिनेत्री आँचल शर्मा, लेखक सुविन भट्टराई, गायीकाहरु शीतल मोक्तान र सुवानी मोक्तानले पुस्तक लोकार्पण गरे। 

कार्यक्रममा मोटिभेसनल स्पिकर गणेश अगम ढंगानाले पुस्तकमाथि चर्चा गरे। ‘यो पुस्तकले प्रेमको नयाँ परिभाषा सिर्जना गरेको छ।‘

कार्यक्रममा लेखक भट्टराईले यो पुस्तक पनि यसअघिका पुस्तकलाई जस्तै सबैले मन पराइदिनेमा आफू विश्वस्त रहेको बताए। 

सांगीतिक प्रस्तुतिसमेत रहेको कार्यक्रममा गायिकाहरु शीतल मोक्तान र सुवानी मोक्तानले गीत गाए। ‍उनीहरुले ‘आऊ न माया गाँस न’, ‘तिमीबिनाको जीवन काँडा भो’ आदि गीत गाए। 

पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell