PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नेपाल महिला संघले भाेलि निर्मलाकाे न्यायका लागि देशव्यापी प्रदर्शन गर्ने



पहिलोपोस्ट

नेपाल महिला संघले भाेलि निर्मलाकाे न्यायका लागि देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघले पछिल्लो समय बढ्दै गएको महिला हिंसाबारे सरकारको ध्यानकार्षण गराउन आइतबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ ।

संघका केन्द्रीय अध्यक्ष उमा रेग्मीले निर्मला पन्तको हत्यामा संलग्न दोषीलाई पत्ता लगाई कारवाहीको दायरामा ल्याउन र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाबारे सरकारलाई ध्यानाकर्षण गराउन देशव्यापी विरोध प्रदर्शन गर्न लागेको पहिलोपोस्टलाई बताइन् ।

संघले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी आइतबार देशव्यापी आन्दोलन गर्ने जानकारी गराएको छ। संघले माइतीघर मण्डलाबाट काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त विरोध र्‍याली निकालेर काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने उनले जानकारी दिइन् ।

उनका अनुसार अन्य सबै जिल्लाबाट पनि जिल्ला प्रमुख अधिकारी मार्फत् प्रधानमन्त्रीको नाममा  ज्ञापनपत्र बुझाइने छ। अध्यक्ष रेग्मीले भनिन्, 'सरकार महिला हिंसाका दोषीलाई कारबाही गर्न उदासिन देखियो। न्यायका लागि पीडितहरु छट्पटाइरहेका छन्। पीडितलाई न्याय दिलाउन दबाबमुलक विरोेध प्रदर्शन गर्न बाध्य पार्‍यो सरकारले।"

सरकारले महिला हिंसा रोक्न र पछिल्लो समय आकासिएकोको महँगी नियन्त्रण गर्ने सक्रियता नदेखाए अझैँ कडा रुपमा आन्दोलन गर्ने रेग्मीले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell