PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

इरानमा सैन्य परेडका क्रममा आतंकवादी आक्रमण,  ११ जनाको मृत्यु



इरानमा सैन्य परेडका क्रममा आतंकवादी आक्रमण,  ११ जनाको मृत्यु
फोटो: एएफपी

अहभाज:  इरानको दक्षिणपश्चिमी क्षेत्रमा रहेको अहभाज शहरमा भैरहेको सैन्य परेडमा बन्दुकधारीहरुले गोली चलाउँदा एघार जनाको मृत्यु भएको छ। दश मिनेट सम्म भएको गोलीबारीमा बालबालिका सहित धेरै जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ।  

बन्दुकधारीहरुले सैन्य कपडामा भएको र परेड स्थल नजिकैको एक पार्कबाट उनीहरुले गोली चलाएको जनाइएको छ। आक्रमणमा चार जना संलग्न रहेको बताइएको छ।

बन्दुकधारीहरुले परेड हेरिरहेका सर्वसाधरणलार्क्ष लक्षित गरी गोली चलाएका थिए। यस्तै उनीहरुले त्यहाँ रहेका सेनाका उच्च अधिकारीहरुलार्इ समेत आक्रमण गरेका थिए।

सुरक्षाकर्मीको कारवाहीमा दुर्इजना बन्दुकधारीको मृत्यु भएको र दुर्इजनालार्इ भने पक्राउ गरिएको त्यहाँका उप गभर्नर अलि हुसेन हुसेनजाडेहले बताए। 

अधिकारीहरुले यस घटनाको पछि इस्लामिक आतंकवादी संस्थाहरु सुन्नी मिलिटेन्टस् वा अरब न्यास्नालिस्टहरुको हात रहेको अनुमान गरिएको छ। इरानी विदेश मन्त्री महोमद जाभेद जारिफले  भने विदेशी शासनको सहयोग रहेको आतंकवादी यो घटना पछि रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell