PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पेट्रोलियम सहज बनाउन भोलि विदाको दिन पनि तेल दिँदै निगम, लाइन बस्‍ने झन्झटबाट टाढै रहन सुझाव



पहिलोपोस्ट

पेट्रोलियम सहज बनाउन भोलि विदाको दिन पनि तेल दिँदै निगम, लाइन बस्‍ने झन्झटबाट टाढै रहन सुझाव

काठमाडौं : नेपाल आयल निगमको थानकोट डिपोले शनिबार पनि तेल वितरण गर्ने भएको छ। चार दिनदेखि चालकले हड्ताल गरेका कारण उपत्यकामा तेल अभाव भएपछि निगमले बिदाको दिनमा समेत वितरण गर्न लागेको हो।

‘शुक्रबारदेखि रक्सौंलबाट समेत तेल आउन थालिसकेको छ। हामीले भोलि शनिबारसमेत डिपो खोलेर तेल दिँदैछौं,’ थानकोट डिपो प्रमुख भरत रेग्मीले भने, ’उपभोक्ता आत्तिएर तेल भण्डारण गर्न आवश्यक छैन। अहिले बाटोमा रहेको तेल आएमा शनिबार देखि नै मागे अनुसार वितरण गर्न सक्ने अवस्थामा हुनेछौं।’

थानकोट डिपोले शुक्रबार ५ लाख ८ हजार लिटर पेट्रोल र  ५ लाख ३६ हजार लिटर डिजल वितरण गरेको छ। ‘हामीले ४० गाडी पेट्रोल र ४३ गाडी डिजल वितरण गरेका छौं। यो सामान्य समयको माग अनुसारको तेल हो,’ रेग्मीले भने।

उनका अनुसार विराटनगरबाट ४० गाडी डिजल र ८ गाडी पेट्रोल काठमाडौंका लागि आउँदैछ। भैरहवाबाट १६ गाडी पेट्रोल र ६ गाडी डिजल काठमाडौंका लागि आउँदै गरेको उनले बताए। रेग्मीका अनुसार अमलेखगंजबाट पाँच गाडी पेट्रोल काठमाडौं हिँडिसकेको छ। यो बाहेक २० गाडी पेट्रोलियम पदार्थ बोकेको गाडी काठमाडौं आइसक्ने उनले बताए।

अमलेखगंज डिपोका अनुसार शुक्रबारदेखि ट्यांकरले तेल बोक्न सुरु गरिसकेको छन्। डेढ दर्जन भन्दा बढी गाडी इन्डियन आयल कर्पोरेशनको रक्सौंलमा रहेको डिपोमा तेल लिएर नेपाल आइसकेको डिपोले जनाएको छ। ‘तेल आपूर्ति नर्मल हुन थालिसकेको छ,’ डिपो प्रमुख प्रदीप यादवले भने, ’हामीले शनिबारदेखि थप तेल ल्याउन सबै संयन्त्र परिचालन गर्नेछौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell