PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

तरुण दलका नेता भुपेन्द्रले रचेको गीत सार्वजनिक



पहिलोपोस्ट

तरुण दलका नेता भुपेन्द्रले रचेको गीत सार्वजनिक

काठमाडौं : साहित्यमा पनि पहिचान बनाएका तरुण दलका महासचिव भुपेन्द्रजंश शाहीको परिचयमा गीतकार पनि थपिएको छ। 

कविता र गजलपछि उनको गीत सार्वजनिक भएको हो। नेपाली कला साहित्यको प्रवर्द्धनमा विद्यार्थी जीवनदेखि लागेका उनको "तराजुमा माया" र "लासहरुको बस्ती" गजल संग्रहका साथै "बन्दीगृह" नामक उपन्यास सार्वजनिक भइसकेको छ।

आजबाट उनको गीत 'परदेशमा' दर्शक/स्रोतामाझ आएको छ। दलका नेता, चर्चित सर्जक स्रष्टा र कलाप्रेमीको उपस्थितिमा गीतको सार्वजनिक गरियो। 

उनको शब्दलाई टीका प्रसाईको स्वर दिएकी छिन् भने रेखा पौडेलकोले संगीत। कमल सौरागको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा नम्रता सापकोटा र विवेकसिंह ठकुरीको अभिनय छ। म्युजिक भिडियोको निर्देशन राजीव गुरुङले गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell