PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

तान्जानिया डुंगा दुर्घटना: मृत्यु हुनेको संख्या सय नाघ्यो



तान्जानिया डुंगा दुर्घटना: मृत्यु हुनेको संख्या सय नाघ्यो
फोटो:बीबीसी

डोडोमा: तान्जानियाको भिक्टोरिया तालमा डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सय भन्दा माथि पुगेको छ। सयजना यात्रु क्षमता भएको उक्त डुंगामा चार सय जना भन्दा बढी यात्रु रहेको बताइएको छ।

बुगोरोराबाट युकेरेवे टापुको किनारमा आउँदै गर्दा डुंगा ढल्किएर पल्टिएको प्रत्यदर्शीहरुले बताएका छन्।एमभी न्यरी' नाम दिइएको उक्त डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको र तिनीहरु एकै दिशामा ढल्किँदा दुर्घटना भएको जनाइएको छ। वानचा क्षेत्रका प्रहरी प्रमुख जोन मोनगेल्लाले हालसम्म ३७ जनाको उद्दार गरिएको बताएका छन्। पहिले सय जनाको जीवितै उद्दार गरिएको बताइएको थियो। उद्दारकार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन्।

तान्जानियका राष्ट्रपति जोन मागुफुलीले आफू उक्त घटनाका कारण निकै दुखी भएको बताउँदै यो समयमा सबैलार्इ संयमित रहन आग्रह गरेका छन्। तर विपक्षी दलका नेता जोन निइकाले सरकारको चरम लापरवाहीले दुर्घटना भएको आरोप लगाएका छन्।तान्जानियमा धेरै यात्रु राखेर यात्रा गर्दा धेरै पटक डुंगा दुर्घटना भएता पनि सरकारले त्यसप्रति ध्यान नदिएको उनले बताए।

सन् २०१२ मा भएको डुंगा दुर्घटनामा १४५ जनाको मृत्यु भएको थियो। यस्तै १९९६ मा भिक्टोरिया ताल मै डुंगा दुर्घटना हुँदा ८ सय जनाको मृत्यु भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell