PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको निधन



भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको निधन
फोटो: REUTERS

हनोई : भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा निधन भएको छ । 

लामो समयदेखि 'गम्भीर रोग'बाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ।

क्वाङले सन् २०१६ देखि राष्ट्रपतिको कार्यभार सम्हालका थिए। यसअघि उनले चार दशकभन्दा बढी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। 

आलंकारिक राष्ट्रपतिका रुपमा रहेपनि भियतनामका प्रभावशाली नेताका रुपमा स्थापित हुन उनी सफर रहे। गत साता आफ्नो कमजोर स्वास्थ्यका बीचमा पनि राष्ट्रपति ट्रानले इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोको स्वागत कार्यक्रमको आतिथ्य गरेका थिए। 
 
हनोईमा चिनियाँ राजनीतिज्ञ र विदेशी प्रतिनिधिमण्डलसँग उनले सार्वजनिक रुपमा दुई दिन अगाडिमात्र भेटवार्ता गरेका थिए। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell