PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तेलका लागि राजधानीका पेट्रोल पम्पमा नागबेली लाइन, फोटोमा हेर्नुस्

तेलका लागि राजधानीका पेट्रोल पम्पमा नागबेली लाइन, फोटोमा हेर्नुस्


काठमाडौं: चालकको हड्तालका कारण आपूर्ति असहज भएपछि पेट्रोलियम पदार्थका लागि सर्वसाधारण बिहानैबाट लाइनमा बसे। कतिले त ४ घन्टासम्म लाइन बस्नुपरेको गुनासो गरे।

अहिले पनि राजधानीका पेट्रोल पम्पमा नागबेली लाइन देखिन्छ। लाइनका कारण सवारी जामसमेत सिर्जना भएको छ।

नेपाल आयल निगमले बाइक, कार र लामो दूरीका सवारी साधनलार्इ तोकिएको परिमाणमा तेल दिन निर्देशन जारी गरेको छ। निगमले बाइक र स्कुटरलार्इ पाँच लिटर, हल्का सवारी साधन कार तथा भ्यानलार्इ १५ लिटर, डिजलबाट संचालन हुने छोटो दूरीका सवारी साधनलार्इ बढीमा ५० लिटर र लामो दूरीका सवारी साधनलार्इ बढीमा सय लिटर तेल दिने व्यवस्था गर्न निर्देशन दिएको छ।

निगमले एम्बुलेन्स,स्कुल बस तथा सरकारी सवारी साधनलार्इ उच्च प्राथमिकतामा तेल दिन निर्देशन दिएको छ।निगमले नाकाबन्दीका बेलामा यस्तै कोटा प्रणाली लागु गरेको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell