PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

३६ हात लामो यःसिं उठाएपछि सुरु भयो काठमाडौँमा इन्द्रजात्रा, फोटोमा हेर्नुस्

३६ हात लामो यःसिं उठाएपछि सुरु भयो काठमाडौँमा इन्द्रजात्रा, फोटोमा हेर्नुस्


काठमाडौंः धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको इन्द्रजात्रा आजदेखि सुरु भएको छ। 

काठमाडौंको हनुमानढोकामा ३६ हात लामो यःसिं ठड्याएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो।

धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बसी पूजा गर्न पारिजात फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाए।

खोज्दै जाँदा दैत्यको बगैँचामा परिजात फूल टिप्दै गरेको बेला राक्षसहरुले जयन्तलाई पक्राउ गरी दुई हात पछाडि बाँधेर राखे। जयन्तलाई छुटाउन देवता र दैत्य बीच युद्ध भई देवताको जित भएको खुसीयालीमा इन्द्रजात्रा मनाइँदै आएको कथन छ।

इन्द्रजात्राकै क्रममा कुमारी, गणेश र भैरवको रथयात्रा तीन दिन हुने गर्छ। असोज ८ गते सोमबार इन्द्रजात्राको प्रमुख दिन हो। यो दिन राष्ट्रप्रमुख हनुमानढोकामा उपस्थित भई रथयात्रा दर्शन गर्ने प्रचलन छ। सोमबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा पनि छ। इन्द्रजात्रा यःसि‌ं नढालिएसम्म आठ दिन मनाउने गरिन्छ। 


ट्रेन्डिङ पोस्ट

Ncell