PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भिक्टोरिया तालमा डुंगा दुर्घटना हुँदा ४० बढीको मृत्यु



भिक्टोरिया तालमा डुंगा दुर्घटना हुँदा ४० बढीको मृत्यु
फोटो: बीबीसी

डोडोमा:  तान्जानियाको भिक्टोरिया तालमा डुंगा दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको छ। उक्त डुंगामा ४०० जना भन्दा बढी यात्रु रहेको बताइएको छ।
 
युकेरेवे टापुमो किनारमा आउँदै गर्दा डुंगा ढल्किएर पल्टिएको प्रत्यदर्शीहरुले बताएका छन्। सय जनाको जीवितै उद्दार गरिएको जनाइएको छ। उद्दार गरिएका मध्ये धेरै जनाको अवस्था चिन्ताजनक रहेको अधिकारीहरुले बताइएको छ।

एमभी न्यरी नाम दिइएको उक्त डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको र तिनीहरु एकै दिशामा ढल्कँदा दुर्घटना भएको जनाइएको छ। उक्त डुंगा सय यात्रु बोक्ने क्षमताको रहेको बताइएको छ। 

तान्जानियमा डुंगामा धेरै यात्रु राखेर यात्रा गर्दा धेरै पटक डुंगा दुर्घटना हुने गरेको छ।  सन् २०१२ मा भएको डुंगा दुर्घटनामा १४५ जनाको मृत्यु भएको थियो। यस्तै १९९६ मा भिक्टोरिया ताल मै डुंगा दुर्घटना हुँदा ८ सय जनाको मृत्यु भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell