PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मोटरसाइकलमा सवार प्रधानाध्यापक अन्सारीलाई मोटरसाइलमै आएकाले हाने गोली, घटनास्थलमै मृत्यु



पहिलोपोस्ट

मोटरसाइकलमा सवार प्रधानाध्यापक अन्सारीलाई मोटरसाइलमै आएकाले हाने गोली, घटनास्थलमै मृत्यु

काठमाडौं : हरिनगर २ सर्लाहीका खुर्सिद अन्सारीको गोली हानी हत्या गरिएको छ। अज्ञात समूहले आज बिहान ११ बजे उनीमाथि दुई गोली प्रहार गरेका थिए। एउटा गोली टाउकोमा लागेको प्रहरी निरीक्षक कमल खत्रीले पहिलोपोस्टलाई जानकारी दिए। 

कक्षा ६ सम्म रहेको एक निजी स्कुलका प्रधानाध्यापकसमेत रहेका अन्सारीलाई हरिनगर मृदाबजारबाट झुसी जाने बाटोमा गोली हानिएको हो। प्रहरीले घटनाको अनुसन्धान सुरु भएको जनाएको छ।

रैयान नेसनल स्कुलका प्रधानाध्यापक रहेका उनी अन्दाजी ४५ वर्षका हुन्। मोटरसाइलमा रहेका उनलाई मोटरसाइकलमै आएको समूहले गोली प्रहार गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको खत्रीले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell