PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'एनएसजेएफ पत्रकार अवार्ड सीताराम अग्रहरीलाई



पहिलोपोस्ट

'एनएसजेएफ पत्रकार अवार्ड सीताराम अग्रहरीलाई

काठमाडौँ : नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद पत्रकारितामा विशिष्ट योगदान पुर्‍याएका सीताराम अग्रहरीलाई 'एनएसजेएफ पत्रकार अवार्ड'बाट सम्मान गरेको छ।

एनएसजेएफको १४औँ वार्षिक साधारण सभाको अवसरमा बुधवार अग्रहरीलाई सम्मान पत्रसहित नगद १५ हजारबाट सम्मान गरिएको हो।

उनले गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक र प्रधान सम्पादकको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।

त्यस्तै कार्यक्रममा राजधानी दैनिक पत्रिकामा कार्यरत खेल पत्रकार दिल तामाङलार्इ एनएसजेएफ युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित गरिएको छ। सम्मानपत्रसहित उनले एआइपीएस एसियाले प्रायोजन गरेको आइप्याड प्राप्त गरेका छन्।

एनएसजेएफले यसै वर्षदेखि युवा खेल पत्रकारलाई अभिप्रेरित गर्ने उद्देष्यले ‘एनएसजेएफ युवा पत्रकारिता प्रोत्साहन पुरस्कार’ पनि सुरु गरेको हो।

पत्रकारद्वयलाई संघिय सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र एनएसजेएफका अध्यक्ष महेश आचार्यले सम्मान गरेका थिए।

वर्षेनी एनएसजेएफले प्रदान गर्दै आएको एनएसजेएफ जर्नालिजम अवार्डबाट यसअघि श्याम चित्रकार, पुष्करलाल श्रेष्ठ, पी खरेल र गोपाल बस्नेत सम्मानित भइसकेका छन्।

एनएसजेएफका अध्यक्ष महेश आचार्यको अध्यक्षतामा भएको साधारणसभामा महासचिव प्रकाश तिमल्सिनाद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रज्वल ओलीद्वारा प्रस्तुत २०७३/७३ र २०७४/७५ को आर्थिक प्रतिवेदन पनि सर्वसम्मत पारित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell