PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पत्नी एलिजालाई हिरोइन बनाउन निर्माता बने ऋषि धमला



पहिलोपोस्ट

पत्नी एलिजालाई हिरोइन बनाउन निर्माता बने ऋषि धमला

काठमाडौं : फिल्म 'अनुराग' म्युजिकल लभस्टोरी फिल्म हो। प्रदर्शनको तयारीमा रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन्। यो उनको डेब्यू निर्दशकीय फिल्म हो। फिल्मबाट संचारकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतम अनि समुन्द्र पण्डितले पनि डेब्यू गरेका छन्।

फिल्मलाई संचाकर्मी धमला आफैले निर्माण गरेका हुन्।पत्नीका लागि उनले 'अनुराग' निर्माण गरे। फिल्मका लागि हिरोदेखि निर्देशक छनौट गरिदिए। आफ्नै फिल्मबाट डेब्यू गराउन चाहे पत्नी एलिजालाई।

एलिजाको फिल्मप्रतिको लगाव कै कारण उनी फिल्म क्षेत्रमा आएका हुन्। हुन त फिल्म क्षेत्रका धेरै कलाकारको अन्तर्वाता लिएका छन् धमलाले। तर, पत्नीलाई हरोइन बनाउन हेतुले उनी निर्माता बनेका छन्। उनले भने 'फिल्म क्षेत्रमा म आउने सम्भावना कम थियो। एलिजासँग बिहे नगरेको भए म फिल्म क्षेत्रमा निर्माताको रुपमा आउँथे।'

एलिजालाई अन्य फिल्मको अफर पनि आएको थियो। तर, दुई सन्तानकी आमा उनले त्यतिखेर फिल्म नकारेकी थिइन्। पति धमलासँग फिल्म बनाउने सल्लाह गरिन्। निर्माता बनेका ऋषिले अहिलेसम्म फिल्मका लागि २ करोड नजिकको बजेट खर्च भइसकेको बताए। फिल्म आगामी असोज १२ देखि प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell