PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

हराएकी युवती काठमाडौंको होटेलमा, मामाकै सहयोगमा सामूहिक बलात्कार



सविन ढकाल

हराएकी युवती काठमाडौंको होटेलमा, मामाकै सहयोगमा सामूहिक बलात्कार
प्रतीकात्मक फोटो

काठमाडौः काठमाडौँका एक युवतीको सामूहिक बलात्कार भएको खुलेको छ। नुवाकोट घर भएकी २१ वर्षीय रचना(नाम परिवर्तन) को बलात्कार भएको हो। केही दिनदेखि हराएकी युवती खोजी गर्ने क्रममा बलात्कार भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ।

बलात्कारको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नुवाकोटका अर्जुन लामा, रामकृष्ण नगरकोटी र सूर्य रानालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीले जानकारी दिए। एसपी दत्तले भने,' केही दिनदेखि हराएको भन्ने उजुरी आएकाले खोजी गर्दै जाँदा बलात्कार भएको खुलेको हो।'

केही दिनदेखि हराएकी थिइन्, मामाले नै होटेल पुर्‍याएका थिए

रचना सोमवार विहानदेखि घर परिवारसँग सम्पर्कमा थिइनन्। दिनभर परिवारले रचनाको बाटो हेरे। तर उनी राति अबेरसम्म पनि फर्किएनन्। परिवारले आफन्त, छिमेकमा खोजी गर्दा नभेटिएपछि प्रहरीकोमा पुगे। परिवारले रचना हराएको भन्दै प्रहरीमा खोजी गरिदिन उजुरी दिए। उजुरीसँगै प्रहरीले खोजी कार्य सुरु गर्‍यो। 

प्रहरी टोलीले रचनालाई राति नै स्युचाटारको एक होटलमा भेटिए। रचनालाई अर्जुनले उक्त होटलमा पुर्‍याएका रहेछन्।  उनीहरूबिच पहिलेदेखि नै चिनजान रहेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ।

प्रहरीकाअनुसार लामाले रचनाकी आमालाई दिदी बनाएका थिए। कानसमेत नसुन्ने रचनालाई अर्जुनले भान्जी भन्थे। सोमवार बिहानदेखि रचना उनै मामा मानेका लामासँगै थिइन्। दिउँसो करिब ४ बजेतिर लामाले होटेलमा खाजा खान भन्दै लगेको प्रहरी अनुसन्धानमा खुलेको छ। स्युचाटारमा रहेको साधारण होटलमा पुगेपछि रचनाको सामूहिक बलात्कार भयो। मामा पनि सँगै थिए। घटनाको थप अनुसन्धान भइरहेको एसपी रामदत्त जोशीले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell