PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

किमसँग शिखर वार्ताका लागि मुन प्योङयाङमा



किमसँग शिखर वार्ताका लागि मुन प्योङयाङमा
फोटो: Reuters

प्योङयाङ: उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनबीच प्योङयाङमा भेटवार्ता हुँदैछ। शिखर वार्ताका लागि दक्षिण कोरियाली राष्ट्रपति मुन उत्तर कोरियाका पुगेका छन्। तीन दिने भ्रमणका लागि श्रीमती किम जङ सुकसँगै प्योङयाङ पुगेका मुनलाई  नेता किम र उनकी श्रीमती रि सोल जुले स्वागत गरेका थिए। विमानबाट मुन उत्रिए लगत्तै दुई कोरियाली नेताले हात मिलाउँदै अंकमाल गरेका थिए।

विमानस्थल मै मुनलार्इ उत्तर कोरियाली सेनाले सलामी दिएको थिए।  यस अघिका बैठकहरु पानमुनजोम शहरमा बैठक भएको थियो। 

प्योङयाङमा हुने शिखर बैठकमा पानमुनजोममा दुई नेताबीच सम्पन्न अन्तर कोरियाली शिखर बैठकका सम्झौताको कार्यान्वयनको समीक्षा हुने बताइएको छ। यसका साथै कोरियाली प्रायद्वीपलाई आणविक निशस्त्रीकरण सहित समृद्ध कोरियाली द्वीप बनाउने उपायको खोजी गरिने पनि बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किमबीच गत जुनमा सिंगापुरमा भएको शिखर वार्तामा कोरियाली प्रायद्वीपलाई  निशस्त्रीकरण गर्ने सहमति भएको थियो। तर अमेरिकाले भने उत्तर कोरियाले आफ्नो वाचा पुरा गर्ने प्रति शंका गर्दै आएको छ।  त्यसैले मुनले यो भ्रमण मार्फत अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध सुधार गर्ने प्रयास गर्ने बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell