PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य



पहिलोपोस्ट

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल  तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो।

यो मूल्य बढेपछि प्रतिलिटर पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ। इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार निगमको घाटा १ अर्ब ३ करोड रुपैयाँ पुगेपछि निगमले मूल्य बढाएको हो। आइओसीले पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजलमा ५ रुपैयाँ १२ पैसा नोक्सानी थियो।

निगमका अनुसार मूल्य बढाएपछि पनि निगमको नोक्सानी ५० करोड रुपैयाँको हाराहारीमा छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र डलरको भाउ बढेकोले मूल्य आकासिएको हो।निगमका अनुसार अहिले भने भारतमा भन्दा नेपालमा डिजल र पेट्रोलको मूल्य लिटरमै ३१ रुपैयाँ सस्तो छ।

नेपालमा सस्तो भएकाले नेपालबाट भारततर्फ तेलको अवैध रुपमा निकासी भइरहेको छ। भारतबाट किनेर ल्याएको तेल पेट्रोल पम्प मार्फत नै भारत बिक्री भइरहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell