PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दसैंको मुखैमा ग्यास अभावको आतंक !



पहिलोपोस्ट

दसैंको मुखैमा ग्यास अभावको आतंक !

काठमाडौं : दशैं नजिकिँदै गर्दा ग्यासको आपूर्तिमा अवरोध आउन सक्ने नेपाल एलपि ग्यास उद्योग संघले  चेतावनी दिएको छ।

यसअघि सरकारलाई बुझाएको मागपत्र सम्बोधन नभएको भन्दै यथाशिघ्र सम्बोधनकालागि संघले ध्यानाकर्षण समेत गराएको छ। संघका अध्यक्ष गोकुल भण्डारीले डिजेलको मूल्य बढेको भन्दै भाडा समायोजन नभए ग्यास ढुवानी बन्द गर्ने पत्र भारतीय ढुवानी व्यवसायीले पठाएको बताए।

'हाम्रो कारण भन्दा भारतीय ढुवानी व्यवसायीले आपूर्ति बन्द गर्ने चेतावनीसहितको पत्र पठाएका छन्,' उनले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, 'हामीले भारतीय ढुवानीकर्ताले पठाएको पत्र उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबलार्इ समेत दिइसकेका छौं।'

भारतीय ढुवानीकर्ताको माग संवोधन नभए चाडपर्वकै बेला ग्यास आपूर्तिमा समस्या हुनसक्ने भण्डारीले बताए।
 
हालसम्म नेपाली नम्बर प्लेटका ग्यास बुलेटहरु संचालनमा आउन नसकेको भन्दै यसबाट समस्या उत्पन्न हुनसक्ने संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

ग्यास आयात देखि बिक्री वितरण गर्दा  उद्योगको खर्चमा अत्यधिक बृद्धि भएको भन्दै संघले ग्यास उद्योग संचालनमा समस्या परेको  भन्दै मागहरु तत्काल सम्बोधन गर्ने भनेको छ। 

डिजेल पेट्रोलको मूल्य बृद्धि, कर्मचारीको तलब बृद्धि, बैंकको ऋणको व्याजदरमा बृद्धि, विभिन्न करको दायरामा बृद्धि तथा भन्सार नाकमा विभिन्न शुल्क लगाइदा उद्योगको खर्च बढेको संघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell