PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

साफ च्याम्पियनसिप : भारतलाई २-१ ले हराउँदै माल्दिभ्स च्याम्पियन



पहिलोपोस्ट

साफ च्याम्पियनसिप : भारतलाई २-१ ले हराउँदै माल्दिभ्स च्याम्पियन

काठमाडौँ : माल्दिभ्सले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ। बंगलादेशमा शनिवार भएको १२औँ संस्करणको फाइनलमा भारतको यू-२३ टोलीलाई २-१ ले पराजित गर्दै माल्दिभ्स १० वर्षपछि च्याम्पियन बनेको हो।

ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको फाइनलमा माल्दिभ्सले दुवै हाफमा एक-एक गोल गर्‍यो। फाइनलमा शानदार जित हात पार्दै माल्दिभ्सले समूह चरणमा भारतसँग बेहोरेको २-० को हारको बदला समेत लियो।

माल्दिभ्सका लागि इब्राहिम हुसेन र अली फसेरले एक-एक गोल गरे। भारतका लागि सुमित पास्सीले इन्जुरी टाइममा एक गोल पर्काए।

समूह चरणका कुनै गोल नगरी भाग्यमानी बनेर सेमिफाइनल पुगेको माल्दिभ्सले नेपाललाई ३-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

माल्दिभ्सले यसअघि २००८ मा भारतलाई नै पारजित गर्दै साफको उपाधि जितेको थियो।

माल्दिभ्सलाई दोस्रो पटक साफ जिताउन महत्वपूर्ण भूमिका खेलेका गोलकिपर महमद फैजल मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। यस्तै ३ गोल गरेका भारतका मनविर सिंह सर्वाधिक गोलकर्ता चुनिए। भुटानले फेयर प्लेको अवार्ड पायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell