PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रिमियर लिग : लिभरपुलको लगातार पाँचौ जित



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुलको लगातार पाँचौ जित

लिभरपुलले प्रिमियर लिगमा लगातार पाँचौ जित हात पारेको छ। लिग अन्तर्गत शुक्रवार भएको खेलमा लिभरपुलले टोटनहमलाई २-१ ले पराजित गरेको हो।

लिभरपुलका लागि जर्जिनिओ विनाल्डम र रोवर्टो फिर्मिनोले एक-एक गोल गरे। टोटनहमका लागि एरिक लामेलाले खेलको अन्त्यतिर गोल फर्काए पनि हार टार्न सकेनन्।

लगातार पाँच जितपछि १५ अंक जोडेको लिभरपुल अंकतालिकामा चेल्सी विरुद्ध स्पष्ट ३ अंकको अग्रता बनाउँदै शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell