PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चेसबोर्ड कि डेथबोर्ड! (कथा)



चेसबोर्ड कि डेथबोर्ड! (कथा)

  • लिलाराज खतिवडा -
मध्यरात। लगातार परेको झरीले मुम्बई शहर निथ्रुक्कै भिजेको थियो। ग्रेण्डमास्टर सर्वनाथ आनन्द आफ्नी पत्नीका साथमा एउटा रात्रिभोजबाट फर्किँदै थिए। तर, घर पुग्नु अगावै कुनै अज्ञात समूहले आनन्द दम्पत्तीको अपहरण गर्यो। अपहरणकारीले मुखमा कालो मास्क र वस्त्र पनि कालै लगाएका थिए।

१,

भर्खरै विश्व चेस प्रतियोगिता सम्पन्न भएको थियो र भारतका सर्वनाथ आनन्दले ग्रेण्डमास्टरको उपाधि जितेका थिए। उपाधि जितेपछि उनी स्वदेशमा पनि विभिन्न पदक, सम्मान र अभिनन्दन थाप्न ब्यस्त थिए। वर्ल्डकप फुटबल जस्तो यो खेल धेरैको चासोको विषय थिएन। तर, जतिलाई यस खेलमा चासो थियो, उनीहरुलाई चानचुने मान्न अलिक सकिँदैन थियो। किनभने नेपालीमा बुद्धिचाल भनिने यो खेल दिमाग, तर्क र भविष्य देख्न सक्ने क्षमताको हो। 

आनन्द दम्पत्तीका आँखामा कालो पट्टी बाँधिएको थियो र उनीहरुलाई अज्ञातस्थलतर्फ लगिँदै थियो। अपहरणकारी मध्येको एउटा मोटोमोटो मान्छेले गाडी चलाइरहेको थियो भने, अरु तीन जनाले आनन्द दम्पत्तीलाई कभर गरेका थिए। उनीहरु अपहरणकारीलाई बारबार प्रश्न सोधिरहेका थिए भने, अपहरणकारी चाहिँ उनीहरुलाई चुप लाग्न भनिरहेका थिए।

अपहरण हुँदै गर्दा मिसेस आनन्दले आफ्नो मोबाइल कसैले थाहा नपाउने गरी सडक किनारतर्फ मिल्काइन्। उनीहरुको कारलाई सडकमा छाडेर अपहरणकारीले दम्पत्तीलाई आफ्नो गाडीमा कोच्दै गर्दा मिसेस आनन्दले त्यसरी मोबाइल फ्याँक्न भ्याएकी थिइन्। उता मिस्टर आनन्दको मोबाइल भने, अपहरणकारीहरुले गन्तब्य पुग्नु अगावै खोसेर मिल्काइदिएका थिए।

भोरमा उनीहरुलाई अज्ञातस्थलको एउटा विशाल महलको एघारौं तल्लामा पुर्याइयो। ग्रेण्डमास्टर सर्वनाथ आनन्दलाई भित्र कोही बडो बेचैनीसाथ पर्खिरहेको थियो।

‘आइए आनन्द साहेब, मेरे च्याम्बर में आप का स्वागत है,’ कालो लिवासमा घुसेको त्यस सिकुटे व्यक्तिले मिसेस आनन्दलाई पनि सँगै देखेपछि झस्किँदै भन्यो, ‘अरे ! यह म्याडम कौन है ? इन्हे क्यूँ यहाँ लाया?’

मिस्टर आनन्दले केही भन्न मुख बाउँदै थिए। तर, एउटा अपहरणकर्ताले भनिहाल्यो, ‘यह मिसेस आनन्द है, भाइ।दोनों साथ में थे, और हम ने उठा लीया। आप चाहो तो म्याडम को उनका घर छोड आउँ?’

‘अरे, रहने दे। जब लाया तो, अब यह भी हमारी मेहमान हो गइ,’ अपहरणकर्ताहरुको बोस झैं लागिरहेको उसले भन्यो, ‘तशरिफ रखिए, आनन्द साहेब। और भावीजी भी। अरे, बात ही बात मे मैं तो आपको ग्रेण्डमास्टरका खिताव जित्नेका बधाइ देना भी भूल गया हुँ।’

सोफामा बस्दै आनन्दले हड्बडाएको आवाजमा सोधे, ‘कौन हो तुम? और हमें क्यों किड्न्याप किया?’

‘बडी लम्बी कहानी है, ग्रेण्डमास्टरजी। सोच रहा हुँ, कहाँ से बात शुरु करुँ। चाय, कफी, कोल्डड्रिंक्स... कूछ लेंगे, आप लोग?’

‘कनपट्टी पे बन्दुक रख के किडनैप करके यहाँ लाए, और पुछ्ते हो कि चाय, कफी ...? आखिर माजरा क्या है? कौन हो तुम लोग? क्या चाहते हो हम से?’ मिसेस आनन्दले अलिक झोक्किएर भनिन्।

‘तो क्या लेना पसन्द करेंगी आप, व्हिस्की, रम या बियर...? आप ने तो बहुत सारे सवाल एक साथ पूछ लीया। जवाव बारिकी से देना होगा।’
‘कूछ भी नहीं। स्रीफ ठण्डा पानी पिएंगे, हम। तुम लोगों के आतंक से गला सुख गया है, हमारा।’

सात घण्टा पहिले 
आफ्नो गोप्य च्याम्बरमा बसेर जार अलिल भित्ताभरीको टेलिभिजन हेरिरहेको थियो। ऊ विभिन्न च्यानलहरु भटाभट स्क्यान गरिरहेको थियो। अचानक एउटा च्यानलमा पुगेर ऊ टक्क अडियो। एक महिनाअघि रसियामा सम्पन्न विश्व चेस प्रतियोगिताको फाइनल खेलको फुटेज आइरहेको थियो। रिमोट कन्ट्रोल एकातिर हुत्याएर ऊ खेलमा केन्द्रित हुन पुग्यो। ठीक त्यसैबेला बाल्यकालको एउटा स्मृतिले उसको मनको पर्दामा बिजुली चम्किए जसरी छलाङ लगायो। अनि निमेषभरमा नै त्यो स्मृति उसको मुटुको धड्कन तेज गर्दै अलप पनि भयो।

माफिया जगतमा ऊ जार अलिल नामले कुख्यात थियो। उसको वास्तविक नाम अर्कै। तर, ऊ बाहेक कसैलाई त्यो नाम थाहा थिएन। यहाँसम्म भनिन्थ्यो कि उसको वास्तविक चेहरा पनि कसैले देखेको थिएन। प्रविधिको प्रयोगले ऊ भेष बदल्न माहिर थियो। उसले अथाह सम्पत्ति पनि जोडेको थियो। ऊ सातवटा भेष मेन्टेन गर्ने गर्थ्यो। ऊसँग विभिन्न मुलुकका कैयन पासपोर्ट थिए। मुम्बई शहरमा मात्रै उसका पाँचवटा आलिशान महल थिए। उसले भारतका अन्य शहर लगायत नेपाल, थाइल्याण्ड, सिंगापुर जस्ता मुलुकहरुमा पनि आलिशान महल किनेको थियो।

समग्रमा जार अलिल एउटा मास्टरमाइन्ड माफिया डन थियो। भारतको मुम्बई र विश्वका अन्य कतिपय शहरमा उसको नामैले थरथर काम्नेहरु प्रशस्तै थिए जबकि त्यो उसको खास् नाम नभएर छद्म नाम मात्रै थियो।

कैयन आपराधिक केसहरुमा ऊ वान्टेड। कतिपय मुलुकका पुलिसहरुलाई स्थानीय सरकारद्वारा ऊमाथि सुट एट साइटको अर्डर जारी गरिएको थियो। तर, पनि भनिन्थ्यो कि जार अलिल जस्तो खुलेआम हिँड्न सक्ने माफिया डन त्यतिबेलासम्म पैदा भएको थिएन। त्यसो त रहस्यहरुको विशाल पुलिन्दा नै थियो, जार अलिल। र, अपराधको दुनियाँमा कहिल्यै नहारेको ऊ यथार्थमा भने सायद नराम्रोसँग हारेको मान्छे थियो। अहिले केही बेरमा नै तपाईंले उसकै मुखबाट उसको बिगतको कहानी सुन्न पाउनु हुनेछ।

केहीबेर स्क्रिनमा घोत्लिएपछि उसले आफ्नो सहायकलाई डाक्यो।

‘ए रफिक, सुन।’

‘हाँ, भाइ।’

‘इसको उठा के ले आ,’ स्क्रिनमा चेस खेलिरहेको सर्वनाथ आनन्दतर्फ चोरी औंला सोझ्याएर जार अलिलले आदेश दियो।

‘पर, भाइ, यह तो...।’ रफिकले आफ्नो वाक्य अधूरै छाड्यो।

‘जो काम बोला, वह कर। और सुन, बहुत जल्दी मैं क्राइम से अपने को रिटायर कर रहा हुँ। मेरे बाद तु सम्हालेगा यह महफिल, मञ्जूर?’
‘भाइ... आज क्या हो गया है आप को? यह कैसे कैसे बात कर रहें है आप?’

‘जितना बोला उतना ही सुन्ने का। ना कूछ ज्यादा न कम। चल काम पे उतर जा। और सुन, उस आनन्द के बच्चेको एक खँरोच भी नहीं आनी चाहिए।’

‘जी...जी... भाइ, समझ गया, मैं।’ रफिकले सम्मानसाथ भन्यो र बाहिरियो।

२,

‘हमें क्यों किडनैप किया?’ पानी प्यूँदै अलिक क्रोधित आवाजमा मिसेस आनन्दले जार अलिललाई सोधिन्।

‘आप को किस ने किड्नैप किया? आप खूद आइ है, यहाँ। हम ने तो स्रीफ आप के पति आनन्द साहेब को अगुवा किया है।’ जार अलिलले मजाकिया अन्दाजमा भन्यो।

‘कितना चाहिए, तुम्हे?’ आनन्दले सोधे।

‘कितना है, आप के पाश?’, जार अलिलले प्रतिप्रश्न गर्यो।

मौनता। कोही केही बोलेन।

मौनता चिर्दै जार अलिल शुरु भयो, ‘देखिए आनन्द साहेब, अभी अभी आप ने विश्व चेस चैम्पियनका खिताव जिता है। दुनियाँ के सब से उम्दा चेस खिलाडी है, आप।’

‘तो?’आनन्दको मुखबाट प्वाक्क निस्किहाल्यो।

‘आप को मेरे साथ खेल्ना होगा। आप जित गए तो...,’ जार अलिलले बोल्दाबोल्दै ज्याकेटको खल्तीबाट एउटा अत्याधुनिक पेस्तोल झिक्यो र सामुन्ने टेबुलमा राख्दै भन्यो, ‘तो आप मुझे ठोकेंगे। अगर मैं जित गया, तो मैं आप को ठोकुंगा। हो जाए एक ऐसा खेल?’

‘यह कैसा बाजी है?मै ऐसा खेल नहीं खेल सकता।’ आनन्दले निधारको पसिना पुछ्दै भने।

‘अरे, आप तो खामोख्वाह डर गए। ग्रेण्डमास्टर हो के भी डर गए? अरे, साहेब, आपको दुनियाँभर के सब से बेहतरिन चेस खिलाडी होने का खिताव मिला है। आप तो किसी को भी हरा सकते हैं। मेरे जैसे क्रिमिनल से खेल्ने में भी आप कतरा रहे हैं?’

‘हर चीज का एक काइदा कानून होता है। गनपोइन्ट पे मैने कभी चेस नहीं खेला। वह भी मौत के बाजी लगा कर,’ आनन्दले भने।

‘जिन्दगी के पगपग में मौत की बाजी होती है, साहेब। देर सबेर मरना तो है ही!,’ जार अलिलले बडा हल्का पारामा भन्यो।

मिसेस आनन्दले आफ्नो श्रीमानको कानैनिर मुख लगेर भनिन्, ‘इस छोटेमोटे क्रिमिनल को तो आप एक झट्के में हरा सकते हैं। शर्त मान लिजिए। खेल जितकर हम यहाँ से आराम से निकल जाएंगे।’

केही बेर सोचेर आनन्दले जार अलिलतर्फ हेरेर भन्यो, ‘एक शर्त मेरा भी है। मैं बगायर रेफ्री के कोइ भी खेल नहीं खेलता।’

‘तो उठा लाएंगे न। नाम क्या है उस रेफ्री का?...ए रफिक, इधर आ, जरा,’ जार अलिलले बडा उत्तेजित भएर अलिक पर बसिरहेको आफ्नो सहायकलाई डाक्दै भन्यो।

‘एस. मजुम्दार। वह मुम्बई में ही है इस वक्त,’ आनन्दले भने। उनको गला सुकेको थियो।

‘रफिक, तुम कूछ लड्कों को साथ ले जाओ, और उस मजुम्दार के बच्चे को उठा लाओ,’ जार अलिलले आदेशात्मक लवजमा भन्यो।

‘मजुम्दार के बच्चे को यहाँ लाके क्या करोगे आप?,’ आनन्दले हडबडाएर भन्यो, ‘हमे तो खूद मजुम्दार चाहिए।’

जार अलिलले अट्टहास लगायो। उसका केटाहरुले उसलाई उसैगरी साथ दिए।

रफिकले अपहरित जोडीतर्फ हेरेर हाँस्दै भन्यो, ‘यह हमारे भाइ का बोल्ने का स्टाइल है। तुम्हारे उस मजुम्दार को ही उठालाएंगे। टेन्सन नहीं लेने का।’

‘उस नहीं एस, एस. मजुम्दार।’ मिसेस आनन्दले भनिन्।

जार अलिल, रफिक र त्यहाँ उपस्थित अन्य आउरेभाउरेहरु पुनः एकसाथ गललल्ल हाँसे। 

रफिक तीनजना केटाहरु लिएर बाहिरियो।

जार अलिलले त्यहाँ बाँकी रहेका सबैको लागि नास्ता मगायो। मन नलागी नलागी नास्ता खाएर आनन्द दम्पत्ती जार अलिलले उनीहरुका लागि व्यवस्था गरेको शयन कक्षमा आराम गर्न थाले।

३,

भोलिपल्ट रफिकले एस. मजुम्दारलाई उठाएर ल्याएपछि खेल शुरु भयो।

बेस्ट अफ थ्री खेल्ने र कुनै पनि दुई खेल जित्नेले बाजी मार्ने तय भयो। पहिलो खेल जिते, सर्वनाथ आनन्दले। तर, जार अलिललाई हराउन उनलाई निकै आच्छु आच्छु परेको थियो। उसले चालेका चालहरु देखेर ग्रेण्डमास्टर आनन्द निकै नै तिल्मिलाएका थिए।

दोस्रो खेल खेल्नुअघि आनन्दले नुहाउने इच्छा व्यक्त गरे। उनले नुहाएर आएपछि खेल शुरु भयो। 

खेलसँगै जार अलिलले आनन्द दम्पत्तीलाई आफ्नो जीवन कथा सुनाउन थाल्यो।

बत्तिस वर्षअघि,
बिहारको पटनामा गणितका एक प्राध्यापकका घरमा जन्मिएको थियो जार अलिल। उसका बाबु एक बहुआयामिक व्यक्तित्व थिए। उनी कैयन विद्या जान्दथे। त्यसो त नयाँनयाँ विद्या सिक्नु उनको सौख थियो।

आमा संगीतज्ञ र कुशल नृत्यांगना थिइन्। 

बाबुआमा हरेक दिन भजन गाउँथे। ध्यानयोगा गर्थे। चेस खेल्थे। सँगै नृत्य पनि गर्थे। घरमा एउटा विशाल पुस्तकालय थियो र त्यहाँ देशविदेशका कैयन पुस्तकहरु संग्रहित थिए। मध्यरातसम्म बाबुआमा पुस्तकालयमा अध्ययन गर्दथे, अनि मात्रै सुत्दथे। उनीहरु आफ्ना सारा काम आफैँ गर्ने गर्दथे। उनीहरु आफ्ना सन्तानमा पनि अनेक आदर्श संस्कारको प्रसार गर्ने प्रयास गर्दथे। जार अलिलकी एउटी बहिनी थिई। ऊ असाध्यै राम्री र विलक्षण थिई। 

तर, यदाकदा असल मान्छेहरुलाई यो संसारमा धेरै दिन बस्ने इजाजत हुँदैन। एक रात त्यस्तै अपसकून हुन पुग्यो।

जार अलिलका बाबुले आफूले पढाउने कलेजको एक नालायक विद्यार्थीलाई रेस्टिकेट गरिदिएका थिए। खासमा त्यस् नालायकले एउटा लेक्चररलाई मरणासन्न हुने गरी पिटेको थियो। नालायकलाई प्रहरीले गिरफ्तार गरेलगत्तै छाडिदियो। किनभनें, त्यो नालायक स्थानीय सांसदको एकमात्र छोरो थियो।

एक रात त्यस नालायकले जार अलिलका बाबुआमा र बहिनीको घरैमा गएर बडो विभत्स पाराले हत्या गर्यो। तेह्र वर्षे जार अलिलको सुत्ने कोठा छुट्टै थियो। बहिनी सानी थिई र बाबुआमासँगै सुत्ने गर्दथी। चिच्याहट र हल्लाखल्ला सुनेर जार अलिल आँखा मिच्दै बाबुआमाको बेडरुममा प्रवेश गर्दै थियो। भित्रको नजारा देखेर ऊ टक्क अडियो। उसको सास नै रोकिएला जस्तो भएको थियो। मुटुको धड्कन तेज भएको थियो।
त्यस नालायकले आफ्ना अन्य गुण्डा साथीहरुको मद्दतमा सब काम तमाम गरिसकेको थियो र भित्र ऊ एउटा कपडाले रगत लागेको हात पुछिरहेको थियो।

जार अलिलले ढोका बाहिरबाट आमा, बुबा र बहिनीको हत्या भइसकेको थाहा पायो र भाग्यो। अनि ऊ भागेको भाग्यै भयो। 

स्टेशन पुगेर कतै प्रस्थान गर्ने तरखर गरिरहेको एउटा रेल चढ्यो। भोलिपल्ट रेलमै अखबारमा उसले आमा, बुबा र बहिनीको हत्या भएको खबर पढ्यो। एक सहयात्री अधवैंशेका हातबाट अखबार मागेर पढ्दै गर्दा उसको सास नै रोकिएला जस्तो भयो। छातीभित्र हुर्हुरी आगो दन्किरहेको थियो। बेलाबेला रेलको शौचालयमा आफूलाई थुनेर ऊ डाँको छाडेर रुन्थ्यो। 

दुई दिनपछि एउटा अन्तिम स्टेशनमा ऊ ओर्लियो। ओर्लिएर उसले चारैतिर नियाल्यो। अनकण्टार मुम्बई शहर थियो, त्यो।

शुरुमा जार अलिलले भीख मागेर खायो। पछि उसले अरु पनि सडकछाप केटाहरुलाई भेट्यो। क्रमशः ऊ अपराधको दुनियाँमा घुस्दै गयो। दुई वर्ष बित्दा नबित्दै उसले आफ्ना साथीहरुको सहयोगमा पटना गएर त्यो सांसदको परिवार नै सखाप पारिदिएको थियो। त्यत्रो अपराध गरेर पनि त्यो नालायक खुलेआम घुमिरहेको थियो। जारले आफ्नै उमेरका अन्य चारजना साथीहरुको मद्दतमा शुरुमा त्यस नालायकका अगाडि नै उसका बाबुआमा, भाइ र बहिनीलाई मारेपछि अन्तिममा उसका हातगोडा गिँडेर तड्पाइतड्पाइ मारिदिएको थियो।

बदला पूरा भएपछि, जार अलिल अपराधको दुनियाँ छाड्न चाहन्थ्यो। तर, व्यक्तिका कतिपय इच्छाहरु परमात्मालाई कहाँ मञ्जुर हुन्छन् र? साथीहरुको दवाव अनि मायाले गर्दा उसले ग्याङ छाड्न सकेन र कालान्तरमा ऊ एउटा मास्टरमाइन्ड ग्यांग्स्टर हुन पुग्यो। तर, अपराधको दुनियाँमा आफूलाई होमे पनि जार अलिलले बाबुआमाद्वारा प्रदत्त संस्कारहरुलाई निरन्तरता दियो। रगतको विरासतमा प्राप्त ती सम्पूर्ण सृजन अभ्यासहरुमा ऊ धेरै भन्दा धेरै समय बिताउने गर्दथ्यो।

४,

जार अलिलले आफ्नो जीवन कहानी बिट मार्यो र एउटा चाल चल्यो। यस्तो प्रतीत भइरहेको थियो कि उनीहरु चेसबोर्डमा नभएर एउटा डेथबोर्डमा आफ्ना गोटीहरु चालिरहेका थिए। त्यस् कक्षको वातावरण रातको चिहान घारीमा ब्याप्त चिसो निरबतामा निथ्रुक्कै भिजेको थियो। र, कक्षमा मौजूद सम्पूर्ण मान्छेहरुले एकअर्काको मुटुको धड्कन प्रष्टै सुनिरहेका छन् कि जस्तो पनि त्यहाँ लागिरहेको थियो।

अचानक चेकमेट !

अन्तिम चाल चालेको थियो, जार अलिलले।

आनन्द पसिनाले निथ्रुक्कै भिजेका थिए। मिसेस आनन्दका आँखा अगाडि अन्धकार छाएको थियो।

रेफ्री एस. मजुम्दार हक्क न बक्क भएको थियो। रफिक लगायत त्यहाँ उपस्थित आउरेभाउरेहरु ‘हिपहिप हुर्रे’ गर्न ब्यस्त भए। उनीहरुले आफ्नो बोस जार अलिललाई खेल जितेकोमा बधाई पनि दिए। तर, ठीक त्यसै बेला,
ढ्यांग!

कक्षको ढोकामा बाहिरबाट जोरसँग प्रहार गरिएको आवाजले सबैजना झस्किन पुगे। पेस्तोल र गन ताकिरहेका एक हुल प्रहरीहरु शतर्क मुद्रामा हावाको झोंका जस्तै एकै झट्कामा भित्र दाखिला भए।

इन्सपेक्टर बलवन्त सिंहले पेस्तोल ताक्दै भन्यो, ‘कोही नहीं हिलेगा। जो जहाँ है वहीं ठहरो। आनन्द साहेब, अपनी बीबी को लेके आप बाहर चलिए।’

‘अरे रुक बे। तु तो बोले जा रहा है। यह मेरा ठिकाना है। इधर मेरा चल्ता है,’ जार अलिलले बाघ गर्जिए जस्तो आवाजमा बलवन्ततर्फ हेरेर भन्यो, ‘यहाँ चेस का एक मैच चालू है। दो खेल हो चुकें हैं। अब आखरी बाँकी है। आनन्द साहेब इस खेल को पूरा किए बगायर यहाँ से नहीं जा सकते।’

‘गोली मार दुंगा, तुझे। सिधा ठोक्ने का आदेश है,’ बलवन्तले जार अलिलको निधारतर्फ पेस्तोलको नोक सोझ्याउँदै भन्यो। 

‘ठोक्नेवाला भविष्य की बात नहीं करता। दरअसल, वह भूतकालकी भाषा बोल्ता है,’ जार अलिलले उस्तै भारी आवाजमा भन्यो र निमेषभरमा नै एउटा सानो रिमोट कन्ट्रोलको बटम दवायो। त्यहाँ उपस्थित कसैले पनि उसले त्यसो गरेको थाहा पाएनन्।

अचानक!

कक्षमा अन्धकार छायो र विद्युत गतिमा त्यो कक्ष लिफ्ट जस्तै सरर तल खस्यो र एउटा ठूलो हलमा गएर पलभर अडियो। त्यहाँबाट पनि त्यो त्यसरी नै तिब्र गतिमा जिग्ज्याक हुँदै विभिन्न अँध्यारा कुइनेटाहरु पार गरेर निकै परको अर्को एउटा विशाल कक्षमा गएर अडियो। त्यहाँ झलमल्ल बत्तिहरु बलिरहेका थिए। त्यस हलमा चार दर्जन जति कम्ब्याटधारीहरु आ-आफ्ना हातमा एके फोर्टिसेभेन राइफल ताकेर तैनाथ थिए। 

प्रहरी आएपछि छुटकारा पाउने आशामा मुहार उज्यालो बनाएका आनन्द दम्पत्ती तत्काल ओइलाए सरह भए। त्यहाँ घुसेका एक दर्जन प्रहरीहरुको सातोपुत्लो उड्यो। केहीको त पाइन्ट नै चिसो हुन पुग्यो।

रफिकले सबैका हातबाट हतियार खोस्दै भन्यो, ‘बच्चों के हात में गन नहीं, लोलिपप अच्छा लगता है। खाओगे क्या?’

‘भूतकाल की भाषा बोल्ता है, करने वाला,’ जार अलिलले बलवन्तका आँखामा दृष्टि टिकाएर भन्यो, ‘जैसे की अभीअभी मैने बोला है।’

‘इस मकानको पुलिस ने बाहर से घेर लीया है। तुम लोग बच के कहीं नहीं जा सकते,’ बलवन्तले आवाज नरम गर्दै भन्यो।

‘देख् इन्स्पेक्टर, तु ने फिर भविष्य की बात बोला,’ जार अलिलले कडा आवाजमा भन्यो, ‘अब चुप भी हो जा। रही बात बाहर तैनाथ पुलिस की, इस चैम्बर तक आने के लीए उन्हें कम से कम छे महिने लगेंगे। क्यों कि यह मेरा खूद का पातालघर है। मैने इसे चक्रव्यूह की तरह बनाया है। अब तु आ ही गया है, हमारा फाइनल खेल देख ले। क्या बोल्ते, आनन्द साहेब; शुरु किया जाए?’

‘मैं थक गया हुँ। अभी नहीं खेल सकता,’ आनन्दले भने।

‘ग्रेण्डमास्टरको कभी भी नहीं थकना चाहिए,’ जार अलिलले भन्यो।

त्यहाँको सारा नजारा मुल्यांकन गरेर इन्स्पेक्टर बलवन्तले हिम्मत जुटाएर भन्यो, ‘अपनी गली में तो कुत्ता भी शेर होता है।’

‘क्या बोला रे, माधरचोद?!’ जार अलिलले एउटा भद्दा गाली लगायो, ‘तेरी को लगता है कि अपून गली का कुत्ता है? तु ने तो अभी तक मेरा नाम भी नहीं सुना होगा। मिस्टर और मिसेस आनन्द के किड्न्याप केस में तु मुझे गिरफ्तार करने आया होगा, न?’

‘असल में, कौन हो तुम?,’बलवन्तले थुक निल्दै सोध्यो।

‘तेरा बाप!,’ जार अलिलले गह्रौं आवाजमा भन्यो र जुरुक्क उठेर एकातिर लाग्यो। रफिकले उसलाई पछ्यायो।

खासमा मिसेस आनन्दले अपहरण हुनेबेलामा आफ्नो कारछेउमा मोबाइल मिल्काएकी थिइन्। त्यो मोबाइल प्रहरीले फेला पार्यो। 

उनको मोबाइल उनको हातेघडीसँग इन्टरकनेक्टेड थियो। त्यसै आधारमा ट्रेस गर्दै प्रहरी त्यहाँ पुग्न सफल भएको थियो। तर, यहाँ त शिकारी भन्दा शिकार नै शक्तिशाली सावित भइसकेको थियो। 

५,

त्यहाँ मिस्टर र मिसेस आनन्दलाई एउटा सुविधा सम्पन्न शयनकक्षको व्यवस्था मिलाइएकै थियो। भोजन सामग्री र अन्य टिडबिड्सहरुको कुनै कमी थिएन। आनन्दले आराम मागेपछि फाइनल खेल रोकिएको थियो।

तर, कैद आखिर कैद नै हो, चाहे पिँजडा सुनको नै किन नहोस्। भोक लागेपछि मन नलागी नलागी त्यहाँको खाना खाइरहेकी मिसेस आनन्दले आफ्नो पतिको कपालमा हात फिराउँदै भनिन्, ‘आप तो बहुत मायूश लग रहें है। खेल में, वान अल जो हुवा है। आप ग्रेण्डमास्टर है। बहूत महशूर खिलाडियों को आप हरा चूके है। मुझे पूरा उम्मिद है कि फाइनल खेल आप ही जितेंगे।’

‘वह बहूत खतर्नाक खेल्ता है, डार्लिंग। ऐसे ऐसे चाल चल्ता है जो अभी तक मुझे पता भी नहीं। नाजानें कहाँ फँस गए, हम!’ आनन्दको मलिन स्वर निस्कियो।

सोह्र तल्ले त्यो महल जमिनमाथि जति अग्लो थियो, जमिनमुनि पनि उत्तिनै धँसिएको थियो। तलसम्म धँसिएर त्यो अन्त कताकता टाढासम्म फैलिएको पनि थियो। बाहिर जम्मा भएका प्रहरीहरुले केही पनि गर्न सकिरहेका थिएनन्। जार अलिलले आफ्नो पाताल घर यस्तरी बनाएको थियो कित्यो साँच्चै नै एक चक्रव्यूह जस्तै थियो।

अर्को दिन,
मिसेस आनन्दले आफ्नो पतिलाई फाइनल खेल खेल्न उकासेरै छाडिन्। उनले निकै ढाडस पनि दिइन्। इदं भ्रष्टं, उदं भ्रष्टं भनेर ग्रेण्डमास्टर सर्वनाथ आनन्द खेल खेल्न राजी भयो। उसले एकान्तमा निकै अभ्यास पनि गर्यो।

रेफ्री एस. मजुम्दार र बन्दी बनाइएका प्रहरीहरुलाई पनि खाने बस्ने  व्यवस्था गरिएको थियो। फाइनल खेल हुने भएपछि सबै भेला भएका थिए। अत्याधुनिक हातहतियारले सुसज्जित चार दर्जनजति सुरक्षादस्ताद्वारा उनीहरु चारैतिरबाट घेरिएका थिए।

मिसेस आनन्दको मुटुको धड्कन तेज हुँदै थियो। खेल शुरु हुनुपूर्व आनन्द साहेबले एकछिन आँखा बन्द गरे र दुवै हत्केलालाई मुठी पारेर आफ्नो छातीमा टाँसे। आफ्नो समझको ईश्वरलाई उनी याद गरिरहेका थिए।

अन्त्यतः खेल शुरु भयो।

६,

यो खेल लामो गयो। साथै, त्यस् कक्षको मौनताको तौल पनि क्रमशः बढिरहेको थियो।
मध्यरात पार हुँदैगर्दा पनि खेल नसकिएपछि रेफ्री एस. मजुम्दारको सल्लाहमा खेल स्थगित गरियो। सारा चालहरु उसले टिपोट गरेको थियो। एकएक प्रति टिपोट उसले जार अलिल र सर्वनाथ आनन्दलाई दियो र एक प्रति आफूले पनि राख्यो। 

भोलिपल्ट पुनः खेल शुरु भयो। निकै नै कडा प्रतिस्पर्धा हुन थाल्यो। खेल दिनभरजसो नै चलिरह्यो। आनन्द नर्वस हुँदै थिए भने, जार अलिलको मुहारमा मुस्कान नाचिरहेको थियो।

आनन्दको राजा मात्रै बाँकी हुन पुग्यो। जार अलिलका राजा बाहेक एउटा घोडा र दुईवटा प्यादा बाँकी रहे। आनन्दको बाँकी रहेको एउटा प्यादा पनि भर्खरै जार अलिलले खाइदिएको थियो। अब चाल्ने पालो थियो, आनन्दको। उनी नराम्रोसँग नर्भस भइसकेका थिए। मिसेस आनन्दको त चेहराको कान्ति नै उडिसकेको थियो।

त्यहाँको वातावरणमा सन्नाटा छाएको थियो। जार अलिलले आफ्ना आउरेभाउरेहरुलाई हल्लाखल्ला नगर्ने कडा आदेश दिएको थियो। प्रहरीहरुको अनुहार पनि गम्भीर नजर आइरहेको थियो। रफिकले बलवंत र उसका मातहतका प्रहरीहरुलाई खेलको शर्तका बारेमा बताइसकेको थियो।

आनन्दले राजा चाले। जार अलिलले उनको राजालाई च्याप्दै लगेर चौथो स्टेपमा माथ गरिदियो। लौ, चेकमेट!

सबैजना हेरेको हेर्यै भए।

जार अलिलले टेबुलमा उसैगरी राखिराखेको पेस्तोल उठायो र सर्वनाथ आनन्दको निधारमा निशाना लगायो।

‘मत मारो, प्लिज!,’ मिसेस आनन्दको मुखबाट एउटा याचना निस्कियो। 

मिस्टर आनन्दको हालत के भयो होला भनेर यहाँ लेखिरहनु परेन।

जार अलिलले पेस्तोल त्यसरी नै ताकिराख्दै मिसेस आनन्दतर्फ टाउको घुमाएर भन्यो, ‘आप के पति ने खेल हारा है। आप चाहती है कि मैं, आप के पति को खेल के शर्त के मुताविक गोली ना ठोकूँ?’

‘आप जो बोलो, हम देने को तैयार हैं। पर गोली मत मारो, प्लिज!,’ उनले याचनाकै लवजमा भनिन्।

‘ओके। आप बोल्ती हैं तो नहीं मारुंगा,’ जार अलिलले भन्यो र पेस्तोल वापस टेबुलमा राख्यो।
सर्वनाथ आनन्दले राहतको लामो सास फेरे।

जार अलिलले त्यसपछि त्यहाँ उपस्थित सम्पूर्णलाई ठूलो स्वरमा भन्यो, ‘आज से मैं, जार अलिल, क्राइम की दुनियाँ से सन्यास लेता हुँ। ग्रेण्डमास्टर आनन्द साहेब से चेस खेल्ने के वाद, मुझे मेरा खोया हुवा जमीर वापस मिल गया है। आनन्द साहेब, माफ करना। मैं मजबूर था। और म्याडम, असुविधा के लीए मैं आप से भी माफी चाहता हुँ...,’ बोल्दाबोल्दै ऊ एकछिन् टक्क अडियो। चारैतिर हेर्यो र नजिकै अन्यसँग उभिएर उसको कुरा सुनिरहेको रफिकसँग आँखा जुधाएर भन्यो, ‘आज से जार अलिलका सारा अन्डरवर्ल्ड डाइमेन्सन सम्हालेगा, रफिक एहमद। चल्ता हुँ...अलविदा!’

‘आप से एक बात जरुर कहना पसन्द करता हुँ,’ सर्वनाथ आनन्दले पलभरको मौनता चिर्दै हिँड्ने तरखर गरेको जार अलिललाईभने, ‘आप को मैं ग्रेण्डमास्टरका खिताव सौंपना चाहता हुँ जो अभी तक मेरे घर में मौजूद है। उसका असली हकदार अब आप हैं।’

सुनेर जार अलिलले मुस्कुराउँदै भन्यो, ‘माफ करिएगा साहेब, मैं खिताव के लीए खेल नहीं खेल्ता! वह आप के पास ही अच्छा लगेगा। उसे सम्हाल कर रखिएगा।’

अनि ऊ टकटक हिँडेर अलिक परको प्यासेजछेऊ पुग्यो र मोटरसाइकल स्टार्ट गरेर हुँइकियो। योजनाबद्ध तवरले सुरक्षित निकाससहित बनाइएको त्यस पातालघरको तलतलै ऊ अज्ञात दिशातर्फ बत्तियो। उसको मोटरसाइकलको आवाज क्रमशः धीमा हुँदै गयो र 
कक्षमा चकमन्नता छायो।

रफिकले टेबुलबाट पेस्तोल उठायो। मिस्टर र मिसेस आनन्द झस्किए। तर, उसले कसैलाई ताकेन। मेग्जिन उल्ट्यायो। त्यहाँबाट कुनै गोली खसेन। पेस्तोल शुरुदेखि नै खाली थियो।

मिस्टर र मिसेस आनन्दले राहतको लामो सास फेरे। प्रहरीहरुले एकआपसमा मुखामुख गरे।

रफिक लगायत अन्य सबै हतियारधारीहरु पनि केही पर प्यासेज छेऊ पार्क गरिएका एक एकवटा मोटरसाइकल लिएर अज्ञात सुरुंगमा अलप भए। जाँदाजाँदै रफिकले जार अलिलले जाने बेलामा उसलाई थमाएको रिमोट कन्ट्रोलको बटम दवायो। आनन्द दम्पत्ति, एस. मजुम्दार र प्रहरीहरु बसिरहेको कक्ष सररर मास्तिर उक्लिन थाल्यो।

तीन हप्तापछि, जार अलिल नितान्त भिन्नै भेषमा मुम्बईको ताज होटेलको एउटा लवीमा कालो कफीको चुस्की लिँदै सर्वनाथ आनन्दसँग चेस खेलिरहेको थियो।

(डिस्क्लेमर: पात्र र घटनाहरु काल्पनिक हुन्।)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell