PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


प्रकाण्डलाई रिहा गर्ने आदेश बारम्बार अटेर भएपछि सर्वोच्चले भन्यो : 'अवहेलनामा सजाय गर्नुपर्ने अवस्था नआओस्'


प्रकाण्डलाई रिहा गर्ने आदेश बारम्बार अटेर भएपछि सर्वोच्चले भन्यो : 'अवहेलनामा सजाय गर्नुपर्ने अवस्था नआओस्'

काठमाडौँ : अघिपछि झैँ शुक्रबार पनि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई रिहा गर्ने आदेश दिएको छ। 

यसअघिका आदेशहरु पनि यस्तै भए पनि प्रहरीले उनलाई अदालत परिसरबाटै पक्राउ गरी फरक मुद्दामा हिरासतमा राख्ने गरेको छ। 

अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले आज अदालतको अवहेलनामा सजाय गर्नुपर्ने अवस्था नअाओस् भनी यी शब्दको प्रयोगै नगरी सचेतसमेत गराएको छ। 

आजको आदेशमा भनिएको छ- "एउटै व्यक्तिको गैरकानीन थुनाको सम्बन्धमा पटक पटक आदेश जारी गर्नुपरेको सन्दर्भमा कहीँ यस अदालतको आदेश निस्तेज पार्ने र छल्ने प्रयत्न गरिएको त होइन भन्ने आशंकाको आभाससमेत हुन गएको छ। विधिको शासनको लोकतान्त्रिक मुलुकमा यस्तो कार्य कदापी क्षम्य हन सक्दैन र यस अदालतले गरेको आदेशको मर्यादा र पालनाको लागि नेपालको संविधानको धारा १२८ (४) को अधिनमा रही अन्य उपयुक्त आदेशसमेत जारी गर्नुपर्ने अवस्था आउन सक्छ। यस्तो अवस्था आउन नदिन राज्यका जिम्मेवार निकायहरु अझ बढी गम्भीर र जिम्मेवार हुनैपर्छ। "

संविधानको धारा १२८ (४) अदालतको अवहेलनासँग सम्बन्धित छ। यो धारामा सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या र प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालन गर्नुपर्ने र न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा अवहेलनामा कारबाही गरी सजाय गर्नसक्ने उल्लेख छ। 

अदालतले यस्तो आदेश दिए पनि शुक्रवार प्रहरीले अदालत परिसरबाट बाहिरिँदै गर्दा विकलाई पक्राउ गरिसकेको छ।



प्रकाण्डलाई रिहा गर्ने आदेश बारम्बार अटेर भएपछि सर्वोच्चले भन्यो : 'अवहेलनामा सजाय गर्नुपर्ने अवस्था नआओस्' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट