PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


समाजवादको संकटको कारण खोज्न अमेरिका जाँदै डा. भट्टराई


समाजवादको संकटको कारण खोज्न अमेरिका जाँदै डा. भट्टराई

काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई अमेरिका भ्रमणको तयारीमा जुटेका छन्। उनी प्राज्ञिक भ्रमणका लागि भन्दै आज बेलुका अमेरिका जाने तयारी गरेका हुनं। 

नयाँ शक्ति पार्टीले भ्रमणलाई अध्ययन भ्रमण भनेको छ। 

उनले अमेरिका भ्रमण केही प्रश्नहरूलाई साथमा लिएर गर्दै छन्। उनको सचिवालयका अनुसार विश्वभर नै नवउदारवादी लोकतन्त्र र राज्य–समाजवाद/साम्यवाद दुवै राजनीतिक प्रणालीमा देखिएको संकटको कारण के हुन सक्छ? के यो २१ औँ शताब्दीमा नयाँ राजनीतिक विचार र वैकल्पिक राजनीतिक शक्तिको जन्मको पूर्व सूचक हुनसक्छ? नेपाल जस्ता भर्खरै लोकतन्त्रको स्थापना भएका देशहरूमा लोकतन्त्रलाई अधिक समावेशी, सहभागितामूलक र जनउत्तरदायी कसरी बनाउन सकिन्छ? नेपालजस्ता अति कम विकसित देशहरूलाई निकै छोटो समयमा नै विकसित र समृद्ध देशमा कसरी रूपान्तरण गर्न सकिन्छ? अरू विकसित देशहरूको अनुभवबाट के सिक्न सकिन्छ? लगायतका प्रश्नमा केन्द्रित रहेर उनले भ्रमणका क्रममा विभिन्न अन्तरक्रियाहरूमा सहभागी हुन लागेका छन्। 

भ्रमणका क्रममा उनले अमेरिकाका विभिन्न राज्यहरूमा पुगी सम्भव भएसम्म त्यहाँका प्रबुद्ध/प्राज्ञिक व्यक्तित्वहरू, नीति निर्माताहरू, चिन्तकहरू, प्राध्यापकहरू, दक्षिण एसियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखकहरू, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्वहरू र प्रवासी नेपाली तथा दक्षिण एसियालीहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको नयाँ शक्ति पार्टीले जनाएको छ। उनको भ्रमणको सम्पूर्ण व्यवस्थापन गैह्र–आवासीय नेपाली संघले गर्नेछ। 

भ्रमणमा भट्टराई पत्नी हिसिला यमी पनि सहभागी हुनेछिन्। 

भ्रमण पूरा गरी संयोजक भट्टराई असोज २२ गते नेपाल फर्किनेछन्। 



समाजवादको संकटको कारण खोज्न अमेरिका जाँदै डा. भट्टराई को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट