PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधान न्यायाधीश मिश्रले सम्हाले कार्यभार, जोशीले अँगालो हालेर गरे स्वागत

प्रधान न्यायाधीश मिश्रले सम्हाले कार्यभार, जोशीले अँगालो हालेर गरे स्वागत


काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएसँगै नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च पुगेर कार्यभार सम्हालेका छन्। 

मिश्रलाई सर्वोच्चमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले अँगालो हालेर स्वागत गरे।
 
राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश, सरकारका सचिव तथा उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो। संवैधानिक परिषद्को सिफारिसमा मिश्रको नाम आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो। समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। 

कामु प्रधानन्यायाधीश मिश्रलाई यही भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

कानून मन्त्रालयको शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेका मिश्रलाई आजदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर प्राप्त भएको हो। रुपन्देहीको रायपुरमा विसं २०१० पुस २८ गते जन्मेका मिश्रले विसं २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गरेका हुन्।


ट्रेन्डिङ पोस्ट

Ncell