PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

झुटो बोलेको आरोपमा ट्रम्पका पूर्व सल्लाहकारलार्इ १४ दिन जेल



झुटो बोलेको आरोपमा ट्रम्पका पूर्व सल्लाहकारलार्इ १४ दिन जेल
फोटो: GETTY

वासिङटन: अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार जर्ज पापाडोपउलोसलार्इ १४ दिनको जेल सजाय सुनाइएको छ।

अमेरिकी अदालतले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनका क्रममा रसियाको संलग्नता सम्बन्धी अनुसन्धानका क्रममा अमेरिकी जाँच एजेन्सी (एफबिआइ)लार्इ झुटो बोलेको आरोपमा उनलार्इ सजाय दिइएको बताइएको छ। जर्जले एफबिआइलार्इ मस्कोसँगको सम्बन्ध र भेटघाटको समयका बारे गलत सूचना प्रदान गरेको बताइएको छ। 

एफबिआइले २०१७ जनवरीमा जर्जसँग सोधपुछ गर्दा उनले दुर्इ रसियनहरुलार्इ ट्रम्पको टोलीमा संलग्न हुनु भन्दा अघि भेटेको बताएका थिए। तर वास्तवमा उनले ती रसियन अधिकारीहरुलार्इ ट्रम्पको टोलीमा आइसेको पछि भेटेका थिए। 

निर्वाचनका क्रममा रसियाको हस्तक्षेपका बारेमा पक्राउ पर्ने उनी ट्रम्पका पहिलो निकट सहयोगी थिए। पापाडोपउलोसलार्इ ९ हजार ५ सय अमेरिकी डलर र दुर्इ सय घण्टा सामाजिक कार्य गर्न पनि अदालतले भनेको छ। 

पापाडोपउलोसले प्रोफेसर जोसेफ मिफसडलार्इ भटेको र जोसेफले अमेरिकी राष्ट्रपति निर्वाचनकी प्रतिस्पर्धी हिलारी किल्नटनको इमेलका बारे जनाकारी दिएका थिए। पछि उनले इमेल सम्बन्धी कुरा ट्रम्प लगायाका रिपब्लिकन नेताहरुलार्इ बताएका थिए। 

उनले डोनाल्ड ट्रम्पलार्इ रसियाका राष्ट्रपति भलादमिर पुटिनबीच भेट गराउन भनेको त्यो प्रस्ताव ट्रम्पले एक प्रकारले स्वीकार गरेको बताइएको छ। 

राष्ट्रपति ट्रम्पले भने उनलार्इ सजाय दिइएकोमा आश्चर्य व्यक्त गरेका छन्। 

जर्जले अदालतमा यो मुद्दाले उनको जीवनमा निकै तनाव सिर्जना भएको भन्दै जीवन सुधार्न दोस्रो मौका पाउने आशा व्यक्त गरेको बिबिसीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell