PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नौ फोटोमा हेर्नुस् ३ सय ८२ वर्ष पुरानो कृष्ण मन्दिरमा राष्ट्रपति

नौ फोटोमा हेर्नुस् ३ सय ८२ वर्ष पुरानो कृष्ण मन्दिरमा राष्ट्रपति


काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको ३८२ वर्ष पुरानो कृष्ण मन्दिर पुगेर पूजाअर्चना गरेकी छिन्। उनलाई ललितपुर महानगरपालिकाका मेयर र उपमेयरले स्वागत गरेका थिए। 

पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । सो मन्दिर विसं १६९३ मा राजा सिद्धिनरसिंह मल्लले बनाएका हुन् । ढुङगाबाट बनेको २१ गजूरको सो मन्दिरमा रामायणका पूरा कथा अङ्कित छ।

भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ। 

यस अवसरमा उपत्यकाको पूर्वी भेगस्थित गोठाटारको नवनतधाम र उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत संघको कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै श्रद्धालु भक्तजन ‘व्रत’ बसी श्रीकृष्णको पूजा लगाउने र रातभर जाग्राम बसेर बिताउँछन्।
 
कृष्ण मन्दिरमा राष्ट्रप्रमुखका रुपमा यसअघि राजाले कृष्णाष्टमिका दिन पूजा अर्चना गर्ने गर्थे। गणतन्त्रपछि राष्ट्रपतिले यो परम्परालाई निरन्तरता दिएका छन्। 

हेर्नुस् प्रविण रानाभाटले खिचेका केही फोटो
 


ट्रेन्डिङ पोस्ट

Ncell