PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एसिया कप छनोटमा नेपालको पहिलो जित, हेर्नुस् १५ फोटोमा

एसिया कप छनोटमा नेपालको पहिलो जित, हेर्नुस् १५ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : नेपालले मलेसियामा भइरहेको एसिया कप छनोटमा पहिलो जित हात पारेको छ। दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि ३० ओभरमा घटाइएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पारजित गरेको हो।

पहिलो जितपछि नेपालले २ अंक जोडेको छ। सुरुवाती दुई खेलमा ओमान र युएईसँग पराजित भएको नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ। नेपालले अब सिंगापुर र हङकङसँग खेल्न बाँकी छ।

बायुमास ओभलमा वर्षाका कारण ३० ओभरमा छोट्टाइएको खेलमा नेपालले ७ विकेट गुमाएर १८८ रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले नटआउट ६४ तथा दीपेन्द्र सिंह ऐरीले ५४ रन बनाए।

१८९ रनको लक्ष्य पछ्याएको मलेसियालाई निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो। मलेसियाका लागि अनवर अरुदिन र सायद अजिजले ३४-३४ रन बनाए।

बलिङमा नेपालका लागि वसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए। वसन्तले ६ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए। ६ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै २० रन मात्र खर्चिए।



ट्रेन्डिङ पोस्ट

Ncell