PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बलात्कार-हत्या गर्ने र त्यसकै आवरणमा हिंसा भड्काउने सबैलाई कारवाही हुन्छ : प्रम ओली



पहिलोपोस्ट

बलात्कार-हत्या गर्ने र त्यसकै आवरणमा हिंसा भड्काउने सबैलाई कारवाही हुन्छ : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।

घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गर्न आएका नेकपाका तर्फबाट  कैलाली र कञ्चनपुरका सांसद तथा नेकपाका केन्द्रीय सदस्यहरुसँग कुरा गर्दे प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भीर रुपमा लिएकाले छानविन समिति गठन गरेर काम अघि बढाएको बताए।

'यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन्। यसमा सरकार गम्भीर छ,' प्रधानमन्त्री ओलीले भने, 'यस्ता व्यक्तिहरुको पहिचन गरी कारबाही गर्न र स्थितिलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ।'

घटनामा आशंका गरिएका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानुनी कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन छ।

प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पतीको तोडफोड गर्नेलाई कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। 'बालिकाको बलात्कार गरी  हत्या गर्ने, आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउने सबैलाई कारबाही हुन्छ। यसमा सरकारले कुनै कसर बाँकी राख्दैन,' ओलीले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell