PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कहिले उत्तेजित दृश्य कहिले 'धुलोमाण्डू'



पहिलोपोस्ट

कहिले उत्तेजित दृश्य कहिले 'धुलोमाण्डू'

काठमाडौँः  पहिलो गीतबाट नै चर्चामा रेहेको फिल्म हो 'कथा काठमाडौं'। अभिनेत्री प्रियांका कार्की र प्रमोद अग्रहरी फिचर्ड गीतको उत्तेजित दृश्यले नै फिल्मको चर्चा लामोसम्म चल्यो।

अब भने निर्माण टिमले प्रचार सामाग्रीका रुपमा नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ। सुरज ब्रिक्रम थापाको शब्द तथा संगीतमा 'धुलोमाण्डू' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा हरिवंश आचार्यको स्वर रहेको छ।

गीतको भिडियोमा काठमाडौंलाई धुलोसँग दाँजेको छ। काठमाडौंलाई धुलोमाण्डूको नाम दिइएको छ। फिल्ममा प्रियांका र प्रमोदसँगै संजोक कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको अभिनय छ। फिल्मलाई  संगीता श्रेष्ठले निर्देशन गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell