PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

तीनकुनेमा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु



तीनकुनेमा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

काठमाडौँ : तीनकुने सडक खण्डमा आज बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ।

आज दिउँसो साढे ३ बजे एयरपोर्टबाट तिनकुनेतर्फ आउँदै गरेको बा ४ ख १११ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको बा ९१ प ५४२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परी स्कुटर पछाडि सवार काठमाडौको सिनामंगल बस्ने ६८ वर्षीया सानु गिरीको घटनास्थलमै मृत्यु भएको हो।

सवारी साधन र बस चालकलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell