PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

टोखामा ट्रकको ठक्करबाट दुई महिला घाइते



टोखामा ट्रकको ठक्करबाट दुई महिला घाइते

काठमाडौँ : टोखा नगरपालिका-९ ग्रिनल्याण्डचोकमा आज मिनी ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक सहित २ जना घाइते भएका छन्।

स्कुटर चालक भक्तपुर लोकन्थली बस्ने ४३ वर्षीया सरला नेपाल र स्कुटरमा पछाडि सवार ५६ वर्षीया लक्ष्मी अर्यालको ग्राण्डी अस्पताल धापासीमा उपचार भइरहेको छ। घाइते मध्ये लक्ष्मीको अवस्था भने गम्भीर छ।

आज दिउँसो १ बजे बा १ ख ९१४७ नम्बरको मिनी ट्रकले बा ३० प ७४५३ नम्बरको स्कुटरलाई ठक्कर दिदा दुर्घटना भएको हो। दुर्घटनामा संलग्न सवारी साधनसहित मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell