PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

फिल्मको कथालाई आफ्नो परिस्थितिसँग दाँज्दै माधव वाग्ले



पहिलोपोस्ट

फिल्मको कथालाई आफ्नो परिस्थितिसँग दाँज्दै माधव वाग्ले

काठमाडौं: फिल्म निर्माता माधव वाग्ले २५ लाख धरौटी बुझाएर छुटे। नक्कली नोट छपाएर प्रयोगमा ल्याएको आरोपमा उनी समातिएका थिए। हालसम्म उक्त केसको सुनुवाई भएको छैन।

सोमबार उनको निर्माण रहेको फिल्म 'चङ्गा चेट'को गीत रिलिज कार्यक्रम थियो। जहाँ उनी पनि उपस्थित थिए। उनले कार्यक्रममा फिल्मको कथामाजस्तै आफ्नो वास्तिक जीवनको पनि चङ्गा चेट भएको बताए। सोही फिल्मको लागि उक्त नोटहरु छपाएको दाबी गर्दै आएका छन्। भने,'म कस्तो मान्छे हुँ सबैलाई थाहा छ। प्रप्सका कारण थुनामा परें। मैले गलत केही गरेको होइन। तर पनि केही मिडियाले मलाई गलत देखाउने हेतुले लेखें।'

एकदशकदेखि फिल्म निर्माणमा सक्रिय उनले छड्के, लुट, लुट २, लभ सासा लगायत फिल्म निर्माण गरेका छन्। आफूले आवश्यक पक्रिया पुर्‍याएर र अनुमति लिएर नोट छपाएको तर्क अघि सारे। भने,'चलचित्र विकास बोर्डसँग अनुमति लिएपछि अन्त लिनु नपर्ने नियमावलीमा उल्लेखित छ। तर पनि म कानुनी रुपमा फसें।'

उनले काठमाडौं पढ्न आएका तीन युवाको कथा फिल्ममा समावेश गरेको बताए। फिल्म डार्क कमेडी जनरामा बनेको छ। फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्। खनाल भन्छन्,'हसाउँकै लागि जबरजस्ती केही पनि थोपरिएको छैन।' उनले पनि फिल्मको कथा र माधव वाग्लेले भोगेको अवस्था मेल खान पुग्नुलाई संयोगमो रुपमा व्याख्या गरे। 

फिल्मको 'गोजीमा दाम छैन' बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजनराज सिवाकोटीको स्वर रहेको छ। जसमा उनलाई मेलिना राई र उनकै छोरी ग्रिष्मा सिवाकोटीले साथ दिएका छन्। गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन्। गीतको भिडियोमा कलाकारहरु रविन्द्र झा, सुरक्षा पन्त, आयुष्मान जोशी, सन्दिप क्षेत्री, परमिता राणा र प्रियंका कार्की फिचर्ड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell