PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या :  छिमेकी गाउँका दिलिप विष्ट पक्राउ



सविन ढकाल

१३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या :  छिमेकी गाउँका दिलिप विष्ट पक्राउ

काठमाडौं: भीमदत्त नगरपालिका २ उल्टाखाम कक्षा नौ अध्ययनरत १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि हत्या अभियोगका मुख्य अभियुक्त ४१ वर्षीया दिलिपसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका विष्टलाई प्रहरीले आजै अदालतमा उपस्थित गराएको केन्द्रीय अनुसन्धान ब्युरोका एक प्रहरी अधिकृतले जानकारी दिए। उनी जेल परेर छुटेका व्यक्ति समेत हुन्। दश वर्ष अगाडी आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा जेल सजाय भोगेका थिए।

घटना कसरी भयो?

निर्मला खाना खाएर घरबाट आफ्नै कक्षाकी साथीको घरमा सँगै पढ्नको लागि निस्किएकी थिइन्। उनको घरभन्दा करिब २ किलोमिटरको दूरीमा साथीको घर छ।

साथीको घरमा करिब ३ घण्टा जति पढेर उनी घर फर्किएकी थिइन्। करिब सवा दिउसो ३ बजे निर्मला साथीको घरबाट निस्किएकी थिइन्। साइकलमा १० देखि १५ मिनेटको दुरीमा रहेको घरमा निर्मला साँझ पर्दासम्म पुगिनन्। साँझसम्म पनि छोरी घर नआएपछि परिवारका सदस्यमा बैचैनी भयो। उनका साथीभाइ, छरछिमेक र आफन्तकोमा खबर भयो। निर्मला कहीँ कतै भेटिइनन्।

छोरी नभेटिएपछि बालिका हराएको भन्दै परिवारले प्रहरीमा उजुरी गर्‍यो। त्यो रात परिवारको लागि सकसमा नै बित्यो। बिहानदेखि नै प्रहरी खोजीमा जुट्यो। बिहानै एउटा दुःखद खबर बन्यो। निर्मलाको शव घरभन्दा केही पर रहेको उखुबारीमा भेटियो।

उनको शरीरमा चोट लागेको थियो। शरीर अर्धनग्न अवस्थामा थियो। गुप्ताङबाट रगतसमेत बगिरहेको थियो।

घटनाको छानविन गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी निरीक्षक टेकेन्द्र खड्काको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको थियो। 

घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरोले अंगुर जोशीको नेतृत्वमा तीन सदस्यीय टोली घटनाको अनुसन्धानका लागि कञ्चनपुर पठाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell