PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

१८औँ एसियाड : ओलम्पियन पौडीबाज गौरिकाको लक्ष्य २०० मिटरमा राष्ट्रिय कीर्तिमान



पहिलोपोस्ट

१८औँ एसियाड : ओलम्पियन पौडीबाज गौरिकाको लक्ष्य २०० मिटरमा राष्ट्रिय कीर्तिमान

ओलम्पियन पौडीबाज गौरिका सिंहले इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स अन्तर्गत पौडीको २०० मिटरमा राष्ट्रिय कीर्तिमान बनाउने बताएकी छिन्।

सोमवार १०० मिटर फ्रिस्टायलमा हिटचरणबाटै बाहिरिएको गौरिकाले अब राम्रो प्ररद्शन गर्ने प्रतिक्रिया दिएकी हुन्।

'म मेरो आजको खेलप्रति खुशी नै छु र मेरो आफ्नो विधा भनेको २ सय मिटर हो। अब ५० र २ सय मिटर खेल्न बाँकी छ। दुवै खेलमा राम्रो खेल्ने योजना छ,' गौरिकाले भनिन्, '२ सय मिटरमा राष्ट्रिय कीर्तिमान तोड्ने मेरो लक्ष्य हुनेछ ।'

जीबीके स्टेडियमको एक्वाटिक सेन्टरमा सोमवार भएको महिला १०० मिटर फ्रिस्टाइलमा भने गौरिका हिट चरणबाट बाहिरिइन्। हिटमा दोस्रो पुलमा रहेकी गौरिका १ मिनेट ०.८२ सेकेण्डको समय निकाल्दै छैटौं भइन्।

गौरिकाले अब ५० मिटर फ्रिस्टाइल र २ सय मिटर फ्रिस्टाइलमा बुधवार खेल्ने छिन्।

सागकी रजत विजेता गौरिका दुई वर्षअघि ब्राजिलमा भएको रियो ओलम्पिक २०१६ की सबैभन्दा कान्छी खेलाडी हुन्।

यस्तै गौरिकासँगै १०० मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गरेकी अर्की नेपाली पौडीबाट टिसा शाक्यले भने व्यक्तिगत प्रदर्शनमा सुधार गरिन्। उनेले १ मिनेट ०३.९६ सेकेण्डको समय निकालिन्।

व्यक्तिगत प्रदर्शनमा सुधार गरेपछि टिसाले आफ्नो लक्ष्य पुरा भएको बताइन्। 'व्यक्तिगत समयमा सुधार भएकोमा म निकै खुसी छु। मेरो टार्गेट पनि यहि थियो।' उनको यसअघिको व्यक्तिगत प्रदर्शन १ मिनेट ०७.२५ सेकेन्डको थियो।

हिटमा चौथो पुलमा प्रतिस्पर्धा गरेकी टिसा अन्तिममा रहिन्। टिसाले अब ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्।

एसियाडमा सहभागी जनाएका ४ नेपाली खेलाडी : गौरिका सिंह, शिरिष गुरुङ, शुभम श्रेष्ठ र टिसा शाक्य
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell