PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एसियाड : नेपालका राणा दिदीबहिनी टेनिस वुमन्स डबल्सको प्रिक्वाटरफाइनलमा



पहिलोपोस्ट

एसियाड : नेपालका राणा दिदीबहिनी टेनिस वुमन्स डबल्सको प्रिक्वाटरफाइनलमा

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत नेपालका जुम्लाहा दिदीबहिनी टेनिसको वुमन्स डबल्समा अन्तिम १६ मा प्रवेश गरेका छन्।

सोमवार भएको अन्तिम ३२ को खेलमा माहिका र मायांका राणाको जोडीले माल्दिभ्सका अल माहिर र रसिद अब्दुलको जोडीलाई २-० को सेटमा हराए। 

पहिलो सेट ६-४ ले जितेका राणा जोडीले दोस्रो सेट सहजै ६-१ ले आफ्नो पक्षमा पार्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन्।

मेन्स डब्लसतर्फ नेपालका संरक्षकभुषण बज्राचार्य र अभिषेक बास्तोलाको जोडीले भारतका सुमित नगल र रामकुमार रमानातानको जोडीसँग सोमवारै प्रतिस्पर्धा गर्नेछ। 

मेन्स सिंगल्स, वुमन्स सिंगल्स र मिक्स डबल्समा भने नेपालको चुनौती समाप्त भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell