PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एसिया कप छनोटका लागि श्रीलंका जाने नेपाली टोलीलाई सभामुख महराले गरे बिदाइ, हेर्नुस फोटोमा

एसिया कप छनोटका लागि श्रीलंका जाने नेपाली टोलीलाई सभामुख महराले गरे बिदाइ, हेर्नुस फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : मलेसियामा यही अगष्ट २९ देखि हुने एसिया कप छनोट क्रिकेटको लागि तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गर्दैछ। नेपाली टोली मालिन्डो एअरलाइन्सबाट जाँदैछ।

श्रीलंका जाने कप्तान पारस खड्कासहितको टोलीलाई सोमवाल सभामुख कृष्ण बहादुर महराले बालुवाटारस्थित आफ्नै निवासमा बिदाई गरे।
१४ खेलाडी, म्यानेजर, कोच, फिजियो, ट्रेनर, ब्याटिङ कन्सलट्यान्ट र भिडियो एनालिस्टसहित २० सदस्यसीय टोली श्रीलंका गएका हुन्। 
हाल सीपीएल खेलिरहेका सन्दीप लामिछाने भने उतैबाट मलेसिया प्रस्थान गर्नेछन्।

श्रीलंकामा एक साताको अवधीका नेपालले स्थानिय क्लबसँग तीन अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टोली उतैबाट अगष्ट २७ मा मलेसिया जानेछ। म्यानेजर रमन शिवाकोटीका अनुसार सन्दीप अगष्ट २८ मा मलेसियामा टिमसँग जोइन हुनेछन्।

एसियाका ६ एसोसिएट राष्ट्र सहभागि छनोटबाट विजेता टिम सेप्टेम्वरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ।

सभामुख महराले नेपाली क्रिकेटले पछिल्लो समय प्रगती गरिरहेको र ओडिआई म्याच समेत खेलेको भन्दै खेलाडी बधाई र छनोटमा राम्रो गर्न शुभकामना दिए।



ट्रेन्डिङ पोस्ट

Ncell